अपाङ्ग दलित कुटपिटका आरोपी वडाध्यक्ष १३ हजार तिरेर रिहा
शुक्रबार, ०६ साउन २०७४, ११ : ०२
गुल्मी– गाउँ कार्यपालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ दलितलाई कुटपिट गरेको अभियोग लागेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका वडाध्यक्ष १३ हजार ७ सय १० जरिवाना तिरेर रिहा भएका छन् ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका नव निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते दिउँसो स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा गएर कुटेको बताइएको छ ।
त्यस विरुद्ध पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रकोटमा उजुरी दिएका थिए । सो कार्यालयले हिजो दुवै पक्षलाई बोलाएर राखेको र पीडकले माफी समेत मागेको बताइएको छ ।
चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले उपचारवापतको सो रकम पीडकले तिरेको तर मिलापत्र अझै नभएको बताए ।
वडाध्यक्ष पुन नेकपा एमालेबाट विजयी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण