लागुऔषध मुद्दामा १० वर्ष जेलको बास, छुटेपछि पुरानै धन्दा
काठमाडौं । नियन्त्रित मनोद्दिपक पदार्थ (लागुऔषध) पाँच हजार एम्पुलसहित दुई जनालाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिराटनगर स्थायी घर भएका अरुण थापा र भोजपुरका अम्बर बहादुर राई रहेको लागु औषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।
अरुण थापा लागुऔषधको निकै पुराना कारोबारी हुन् । थापाले लामो समयदेखि भारतबाट औषधिजन्य मनोद्दिपक पदार्थ काठमाडौं भित्र्याएर अवैध कारोबार गर्ने गरेको ब्युरोको अनुसन्धान बाट खुलेको छ ।
‘२०६३ असारमा ४४ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका थापा १० बर्ष कैद र ८० हजार जरिवाना भुक्तान गरेर छुटेको देखिन्छ,’ एसएसपी पोखरेलले भने, ‘जेलबाट छुटेपछि उनले आफ्नै पुरानै कारोबारलाई निरन्तरता दिएको अनुसन्धानबाट खुलेको छ ।’
उनी २०७३ माघमा जेलबाट छुटेका थिए ।
काठमाडौंको नागार्जुन नगरपालिका–२ बाट पक्राउ परेका अरुण थापाको साथबाट डाईजेपाम १७ सय २५ एम्पुल, सोही परिणाममा फेनारगन र १५ सय २५ एम्पुल बुप्रेनर्फिन बरामद गरिएको छ ।
काठमाडौं–१५ बाट पक्राउ परेका राईको साथबाट प्रहरीले डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, र बुप्रेनर्फिन ५० एम्पुल बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
-
जन्मदिनमा गांगुलीलाई उपहार, आईसीसी ‘हल अफ फेम’ मा समेटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण