सुनिलले राम्री नायिका भन्दै बचाउ गरे साम्राज्ञीको
काठमाडौैं– पछिल्लो समय उदाएका अभिनेत्री मध्य सबैभन्दा बढि क्रेज भएकी अभिनेत्री हुन्–साम्राज्ञी राज्यलक्ष्मी शाह । यी नै अभिनेत्री साम्राज्ञीले कलाकार तथा रंगपत्रकारलाई दुई घन्टा कुराएकी छन् ।
प्रसंग हो–चलचित्र ‘ए मेरो हजुर २’ले शुक्रबार आयोजना गरेको ट्रेलर लन्च कार्यक्रमको । कार्यक्रममा अभिनेत्री साम्राज्ञीले समयको ख्याल नगर्दा कलाकार र पत्रकार दुई घन्टा कुर्न बाध्य भए ।
दरबारमार्गस्थित राइजिङ मलमा आयोजना गरिएको कार्यक्रमको मुख्य उदेश्य चलचित्रको ट्रेलर सार्वजनिक नै थियो । ३ बजेर ३० मिनेटमा सबैलाई निम्त्याइएको कार्यक्रममा साम्राज्ञी भने दुई घन्टा ढिलो गरेर देखा परिन् । साम्राज्ञीले समयको ख्याल नगर्दा कार्यक्रम केही खल्लो पनि बन्यो ।
‘दुई घन्टा कुराउने साम्राज्ञीले पहिले सबैसँग माफी माग्नु पर्छ’ समयमै कार्यक्रमस्थल पुगेका केही पत्रकारले आवाज उठाएका थिए । चलचित्र निर्माता सुनिल थापाले राम्री नायिका भएकोले मेकअपमा समय लागेको भन्दै उनको बचाउ गरे ।
साम्राज्ञीले ‘ड्रिम’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । डेब्यु चलचित्रमा नै अनमोलसँग रोमान्स गरेकी उनको अहिले केही चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । त्यो मध्य एक ‘ए मेरो हजुर २’ पनि हो ।
‘ए मेरो हजुर २’ अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । सफल अभिनेत्री झरनाको यो निर्देशनमा डेब्यु चलचित्र हो । चलचित्रमा सलिन र साम्रज्ञीका अलावा सलोन बस्नेत, अम्वर सुबेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ ।
सुनिल कुमार थापाले निर्माण गरेको यो चलचित्र १६ भदौ देखि प्रदर्शनमा आउदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण