यी हुन् डलीउडका ५ हट एन्ड सेक्सी अभिनेत्री

काठमाडौं – हामी जहिले पनि बलिउड र हलिउड फिल्म हेर्न रुचाउँछौँ । चर्चा पनि त्यही उद्योगका अभिनेता अभिनेत्रीको गर्ने गर्छौं । तर बङ्गलादेशी फिल्म उद्योग डलीउडको चर्चा त परै जाहोस् । फिल्म हेर्न पनि रुचाउँदैनौँ ।
किनेभने हामी पहिले नै सोच बनाउँछौँ, त्यहाँको फिल्म राम्रो हँुदैन र अभिनेत्री राम्रा हुँदैन । आज हामी बङ्गलादेशी फिल्म उद्योग डलीउडका ५ अभिनेत्रीको चर्चा गर्दैछौँ, जो अति नै सुन्दर छन् ।
पोरी मोनी
पोरी मोनी मोडलिङबाट अभिनय करियर सुरु गरेकी अभिनेत्री हुन् । उनको पहिलो फिल्म ‘राना प्लाजा’ चलचित्र २०१५ तयार भएको थियो । वजरुल इस्लाम खानद्वार निर्देशित उक्त चलचित्र रिलिजकै दिन सेन्सर बोडले स्थगित गरिदिएको थियो ।
आचोल
आचोल बङ्गलादेशी अभिनेत्रीमध्ये सबैभन्दा सुन्दर अभिनेत्री हुन् । उनले ‘भुल’ नामक फिल्मबाट अभिनय करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले लगातार केही सफल चलचित्र दिइन् ।
महिया माही
महियाले २०१२ मा बनेको फिल्म ‘भालबासर रोग’बाट अभिनय सुरु गरेकी हुन् । यनो फिल्मबाट उनी चर्चा र सफलता दुवै हात पार्न सफल भइन् । उनी बङ्गलादशकी सबैभन्दा लोकप्रिय तथा सुन्दर अभिनेत्रीसमेत हुन् ।
विद्या सिन्हा सहा मिम
विद्या मोडल पनि हुन् । उनी २०१७ को लक्स च्यानल १ की सुपरस्टार मोडलसमेत चुनिएकी थिइन् । उनले ‘आछे जोल’नाम फिल्मबाट अभिनय करियर सुरु गरेकी हुन् ।
अमृता खान
अमृता पनि बङ्गलादेशकी सुन्दर अभिनेत्री तथा मोडल हुन् । ‘गेम’बाट अभिनयमा प्रवेश गरेकी अमृताले पहिलो फिल्मबाट नै फिल्म उद्योगमा दर्बिलो पाइला राख्न सफल भइन् । फिल्मभन्दा पहिले उनी सिरियल अभिनय गर्थिइन् ।
एजेन्सीको सहयोगमा