नागरिकको आवश्यकता अनुसारको योजना बनाउन सरकार गम्भीर बन्नुपर्छ : नेता थपलिया
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नागरिकको आवश्यकता अनुसारको योजना बनाउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा बोल्दै नेता थपलियाले यस्ताे बताएका हुन् । उनले विपद्का कारण प्रदेश सरकारले बनाएका आयोजनाहरू जीर्ण बन्दै गएको उल्लेख गर्दै प्रदेश सरकारले नयाँ मोडलबाट विकास आयोजनाहरू अघि बढाउनुपर्नेमा जोड दिए ।
सरकारले वृहत् र प्रभावकारी आयोजनामा लगानी बढाउनुपर्ने उनले बताए । छोटो सुरुङ मार्ग निर्माण गरेर सरकारले अर्थतन्त्रलाई दीगो प्रभावमूलक बनाउन जरुरी रहेको समेत उनले बताए ।
‘प्रदेश सरकारले आम नागरिकको अधिकार र सेवा प्रवाहलाई जिम्मेवारीपूर्वक अघि बढाउन जरुरी छ । प्रदेश सरकारले विगतको अवस्थालाई मूल्याङ्कन गरेर एकताबद्ध रूपमा नयाँ मोडलको विकासमा अघि बढ्नुपर्छ । विगतको बजेट कार्यक्रममा नागरिकको असन्तुष्टि उच्च छ । त्यसलाई सम्बोधन गर्दै सन्तुलित र समावेशी विकासका कार्यक्रममा अघि बढाउन जरुरी रहेको छ,’ उनले भने ।
विगतमा जस्तो असन्तुष्टि आउन नहुने भन्दै सबैको भावना समेटेर योजना तयार गर्नुपर्नेमा उनले जोड दिए । सीप विकास, प्रविधि हस्तान्तरण, बजार प्रवर्द्धन लगायतका विषयहरू प्रदेश योजनामा समेटिनु जरुरी रहको उनको भनाई छ । बेरोजगारी न्यूनीकरण गर्दै आयस्तर सुधार गरेर अघि बढाउनुपर्ने थपलियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण