सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नागरिकको आवश्यकता अनुसारको योजना बनाउन सरकार गम्भीर बन्नुपर्छ : नेता थपलिया

सोमबार, ०५ जेठ २०८२, १४ : १०
सोमबार, ०५ जेठ २०८२

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नागरिकको आवश्यकता अनुसारको योजना बनाउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा बोल्दै नेता थपलियाले यस्ताे बताएका हुन् । उनले विपद्का कारण प्रदेश सरकारले बनाएका आयोजनाहरू जीर्ण बन्दै गएको उल्लेख गर्दै प्रदेश सरकारले नयाँ मोडलबाट विकास आयोजनाहरू अघि बढाउनुपर्नेमा जोड दिए । 

सरकारले वृहत् र प्रभावकारी आयोजनामा लगानी बढाउनुपर्ने उनले बताए । छोटो सुरुङ मार्ग निर्माण गरेर सरकारले अर्थतन्त्रलाई दीगो प्रभावमूलक बनाउन जरुरी रहेको समेत उनले बताए  । 

‘प्रदेश सरकारले आम नागरिकको अधिकार र सेवा प्रवाहलाई जिम्मेवारीपूर्वक अघि बढाउन जरुरी छ । प्रदेश सरकारले विगतको अवस्थालाई मूल्याङ्कन गरेर एकताबद्ध रूपमा नयाँ मोडलको विकासमा अघि बढ्नुपर्छ । विगतको बजेट कार्यक्रममा नागरिकको असन्तुष्टि उच्च छ । त्यसलाई सम्बोधन गर्दै सन्तुलित र समावेशी विकासका कार्यक्रममा अघि बढाउन जरुरी रहेको छ,’ उनले भने ।

विगतमा जस्तो असन्तुष्टि आउन नहुने भन्दै सबैको भावना समेटेर योजना तयार गर्नुपर्नेमा उनले जोड दिए । सीप विकास, प्रविधि हस्तान्तरण, बजार प्रवर्द्धन लगायतका विषयहरू प्रदेश योजनामा समेटिनु जरुरी रहको उनको भनाई छ । बेरोजगारी न्यूनीकरण गर्दै आयस्तर सुधार गरेर अघि बढाउनुपर्ने थपलियाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप