एसियाली मुलुकमा फेरि फैलिँदै कोभिड–१९
सारांश
- कोरोना भाइरसको संक्रमण एसियाली मुलुकहरूमा बढ्दै गएको छ, हङकङमा एक सातामै ३० प्रतिशत संक्रमण वृद्धि।
- हङकङमा संक्रमण दर मार्चदेखि लगातार बढ्दै, पोजेटिभिटी दर पनि वृद्धि भएको पाइएको छ।
- सिंगापुर र अस्ट्रेलियामा पनि संक्रमण देखिएको छ, अस्ट्रेलियाली क्रिकेटर ट्राभिस हेड आईपीएल स्थगितपछि संक्रमित।
काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमण फेरि देखा पर्न थालेको छ । खासगरी एसियाली मुलुकमा बिस्तारै सङ्क्रमण फैलिन थालेको हो ।
हङकङमा एक सातामै ३० प्रतिशत सङ्क्रमण बढेको बताइएको छ । चीन र थाइल्याण्डमा पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हङकङमा १० मई २०२५ भन्दा एक साता अघि एक हजार ४२ जनामा कोभिड–१९ सङ्क्रमण पाइएको थियो । त्यसको अघिल्लो साता यो सङ्ख्या ९७२ थियो । जबकि मार्चको सुरुवाती एक सातामा यो सङ्ख्या केवल ३३ थियो । मार्च यता हङकङमा कोभिड–१९ को सङ्क्रमण लगातार बढ्दै गएको हो ।
पोजेटिभिटी दर पनि लगातार बढ्दै गएको बताइएको छ । १ मार्चको अघिल्लो सातासम्म पोजेटिभिटी दर शून्य दशमलव ३१ प्रतिशत रहेकोमा ५ अप्रिलसम्म यो दर बढेर ५.०९ प्रतिशत पुगेको थियो । १० मईभन्दा अघिको सातामा यो दर बढेर १३.६६ प्रतिशत पुगेको बताइएको छ ।
सिंगापुरमा पनि २७ अप्रिलको अघिल्लो साता ११ हजार १०० जना सङ्क्रमित थिए । ३ मईको अघिल्लो सातासम्म यो सङ्या बढेर १४ हजार २०० पुगेको छ । अर्थात्, एक सातामै सङ्क्रमण ३० प्रतिशतले बढेको थियो ।
अस्ट्रेलियामा समेत कोभिड–१९ सङ्क्रमण देखिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको समयमा अस्ट्रलिया पुगेका क्रिकेटर ट्राभिस हेड कोभिड–१९ सङ्क्रमित भएका छन् । आईपीएल पुनः सुरु भए पनि सङ्क्रमित भएकै कारण उनी भारत आउन ढिला हुने भएको सनराइजर्स हैदरावादका प्रशिक्षक डानियल भिटोरीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण