मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

मङ्गलबार, ०६ जेठ २०८२, ०६ : ५०
मङ्गलबार, ०६ जेठ २०८२

वि.सं.२०८२ साल ज्येष्ठ ६ गते । मंगलबार । ईश्वी सन् २०२५ मे २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । ज्येष्ठ कृष्णपक्ष । तिथि–अष्टमी, ४८ घडी ४ पला, रातको १२ बजेर २८ मिनेट उप्रान्त नवमी । 

नक्षत्र–धनिष्ठा, २६ घडी २६ पला, दिउसो ३ बजेर ४९ मिनेट उप्रान्त शतभिषा । योग–ऐन्द्र, ४५ घडी ५० पला, बेलुकी ११ बजेर ३४ मिनेट वैधृती । करण–बालव, दिउसो १ बजेर ९ मिनेट उप्रान्त कौलव, रातको १२ बजेर २८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५३ पला ।

आजको बार बेला  
बिहान ५ बजेर १४ मिनेटसम्म रोग बेला ।
बिहान ५ बजेर १५ मिनेटदेखि बिहान ६ बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ५७  मिनेटदेखि बिहान ८ बजेर ३८ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ३९ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ४३ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखि दिउसो ३ बजेर २४ मिनेटसम्म शुभ बेला ।
दिउसो ३  बजेर २५ मिनेटदेखि बेलुकी ५ बजेर ६ मिनेटसम्म रोग बेला ।
बेलुकी ५ बजेर ७ मिनेटदेखि बेलुकी ८ बजेर ६ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो ३ बजेर २४ मिनेटदेखि बेलुकी ५ बजेर ५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ३ बजेर ३८ मिनेटदेखि बिहान ४ बजेर २६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । विशिष्ट व्याक्तिहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगको लगानी फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजाँदा अरूकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ  । अध्ययन अध्यापनमा समय खर्चिनेहरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । वित्तीय बजारमा आज गरिने लगानीबाट आम्दानी हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ । यात्राका क्रममा विभिन्न रमाइला स्थलहरूको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ । उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ भने अरूकै लागि श्रम तथा शक्ति खर्च हुनेछ ।  रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथीभाइ तथा आफन्त सँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यावसायमा समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । आमा तथा आफन्तसँग टाढिने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेको छ । व्यापार, शेयर बजार तथा उद्योगबाट भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खाद्यान्न तथा होटल रेस्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारको लगानीबाट आम्दानी बढाउन सकिनेछ । समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागी समयले साथ दिनेछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । बिद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । समयमा काम नबन्ने तथा विभिन्न अवसरबाट वञ्चित हुने योग रहेको छ । गलत काम तथा क्रिर्याकलापलाई प्रश्रय दिनाले इज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग अनावश्यक विवाद हुन सक्छ ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप