कर्णाली प्रदेश सभा बैठकमा किन उपस्थित भएन प्रमुख प्रतिपक्ष दल ?
सारांश
- कर्णाली प्रदेश सभा बैठकमा माओवादी केन्द्रको अनुपस्थितिले बैठक अवरुद्ध भयो।
- सत्तारुढ दलका नेताले प्रचण्डको अभियानमा सांसद गएको बताए भने माओवादी केन्द्रले भने बैठकमा एजेण्डा नभएकोले बहिष्कार गरेको जनायो।
- सभामुखले प्रतिपक्षको अनुपस्थितिमा बैठक अगाडि बढाउन नसकिने भन्दै जेठ १८ गतेसम्मका लागि बैठक स्थगित गरिन्।
सुर्खेत । सोमबार बसेको कर्णाली प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल (नेकपा माओवादी केन्द्र) उपस्थिति नभएपछि बैठक अवरूद्ध भएको छ । सभामुख नन्दा गुरुङले संसद् बैठक सञ्चालन गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्ष दलको उपस्थितिविना संसद् अगाडि बढाउन नहुने धारणा राखे ।
‘हिजोको कार्यव्यवस्था बैठकम बैठक बस्ने कुरा भएको हो, तर संसदमा प्रतिपक्ष उपस्थित छैन,’ उनले भने, ‘प्रचण्डको अभियानमा जाने भन्ने कुराहरु सुनिएको थियो । तर बैठक नराख्न भनिएको थिएन ।’
संसद् प्रतिपक्षको हुने मान्यतालाई मध्यनजर गर्दै संसद् सञ्चालन नगर्न उनले सभामुखलाई आग्रह गरे । लगत्तै सभामुख गुरुङले जेठ १८ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन् ।
यता प्रतिपक्ष दल माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आफुहरु बैठकमा उपस्थिति नभएको जवाफ दिए ।
रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘खास महत्वपूर्ण एजेण्डा नभएर संसद बैठक बोलाउने काम भयो । आइतबार बसेको कार्यव्यवस्था समितिमा हामीले ७/८ गतेसम्म बैठक बोलए हुन्छ भनेर भनेको हो ।’
एजेण्डा नभई सत्तापक्ष दलहरुले बैठक सोमबार नै बोलाउने बताएपछि आफूहरु संसद् बैठकमा उपस्थित नभएका उनले बताए ।
‘बैठक बसेर अवरुद्ध गर्ने, भत्ता लैजाने गर्नुभन्दा असहमति भएको दिनको भत्ता समेत नलिने गरी बहिष्कार गरेको हो,’ उनले भने, ‘विना जानकारी हैन, हामीले हिजो नै जानकारी गराइसकेका थियौँ ।’
यद्यपि सत्तारुढ दलका नेताहरुले माओवादी अध्यक्ष मध्यपहाडी यात्रामा कर्णालीमा रहेकाले सांसदहरु त्यता जाँदा संसदलाई बेवास्ता गरिएको बताएका छन् ।
तर,जिसीले त्यस्तो नभएको बताए । दल नेता राजकुमार शर्मा र आफु बाहेक सबै सांसद वीरेन्द्रनगरमै रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण