लुम्बिनी सरकारको वैशाख मसान्तसम्मको खर्च ४६ प्रतिशत, कुन मन्त्रालयको कति ?

समाचार सारांश
- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४६ प्रतिशत बजेट खर्च गरेको छ, जसमा चालु खर्चतर्फ ४८.११ प्रतिशत र पुँजीगततर्फ ४५.५० प्रतिशत रहेको छ।
- आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा हालसम्म १८ अर्ब १० करोड ५७ लाख रुपैयाँ खर्च भएको छ, र गत वर्षको तुलनामा खर्च प्रतिशत बढेको छ।
- स्वास्थ्य मन्त्रालयले पुँजीगततर्फ सबैभन्दा बढी खर्च गरेको छ भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सबैभन्दा कम खर्च गरेको छ। अर्थशास्त्रीका अनुसार योजनाबद्ध विकास खर्च आवश्यक छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४६ प्रतिशत खर्च गरेको छ । प्रदेशको चालु खर्चतर्फ ४८.११ प्रतिशत गरेको छ भने पुँजीगततर्फ ४५.५० प्रतिशत गरी कुल ४६.४६ प्रतिशत गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा अहिलेसम्म १८ अर्ब १० करोड ५७ लाख रुपैयाँ खर्च भएको जनाएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशका अनुसार पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा वैशाख मसान्तसम्म ११ अर्ब १८ करोड ५९ लाख खर्च भएको छ । चालुतर्फ १४अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा ६ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्याङ्क हेर्दा यो आर्थिक वर्ष खर्चको प्रतिशतको आधारमा वृद्धि भएको देखिन्छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ को वैशाख मसान्तसम्म पुँजीगततर्फ ४०.२१ र चालु तर्फ ४०.२० गरी कुल बजेटको ४०.२३ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक ज्ञवालीले गत वर्षको वैशाख मसान्तसम्मको खर्चभन्दा अहिले ६ प्रतिशतले बढी भएको बताए । सरकारले काम गर्ने अझै केही महिना बाँकी रहेकाले त्यसमा पनि भर पर्नुपर्ने उनको भनाइ थियो ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय छन् । तीमध्ये पुँजीगत खर्च सबैभन्दा धेरै गर्ने स्वास्थ्य मन्त्रालय छ भने सबै कम महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छ ।
उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जम्मा ३०.७२ प्रतिशत खर्च गरेको छ । यसले चालुतर्फ ४४.८२ प्रतिशत खर्च गरेको देखिन्छ भने पुँजीगततर्फ १९.९८ प्रतिशत खर्च भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालु खर्च २५.८६ प्रतिशत गरेको छ भने पुँजीगत खर्च ११.५७ गरी कुल २४.९९ प्रतिशत खर्च गरेको छ ।
आर्थिक मामिला मन्त्रालयले चालु खर्च ४९.५४ प्रतिशत गरेको छ भने पुँजीगत खर्च ५०. ९६ गरी कुल ४९.६१ प्रतिशत खर्च गरेको छ ।
उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जम्मा ३०.७२ प्रतिशत खर्च गरेको छ । यसले चालुतर्फ ४४.८२ प्रतिशत खर्च गरेको देखिन्छ भने पुँजीगततर्फ १९.९८ प्रतिशत खर्च भएको छ ।
यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालुतर्फ ५८.७२ प्रतिशत खर्च गरेको छ भने पुँजीगततर्फ ४४.४१ प्रतिशत गरी कुल ४५.५४ प्रतिशत खर्च गरेको छ ।
महिला बालबालिका मन्त्रालयले चालुतर्फ ३.३६ प्रतिशत मात्रै खर्च गरेको छ भने पुँजीगततर्फ ५.४१ प्रतिशत गरी कुल बजेटको ३.३९ प्रतिशत खर्च भएको छ ।
यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्रालय चालुतर्फ ४५.११ प्रतिशत गरेको छ । भने पुँजीगततर्फ ४८.२७ प्रतिशत गरी कुल ४५.३१ प्रतिशत खर्च भएको छ ।
अर्थशास्त्री मनिकर कार्की भने अन्तिम समयमा बजेट खर्चलाई मात्रै आधार मानेर विकास गर्नेभन्दा पनि सुरुदेखि योजनाबद्ध रूपमा विकास खर्च गर्नुपर्ने सुझाउँछन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने चालुतर्फ २०.४० प्रतिशत खर्च गरेको छ । त्यस्तै पुँजीगततर्फ १७.९४ प्रतिशत गरी कुल १९.४५ प्रतिशत खर्च गरेको छ । वन तथा वातावरण मन्त्रालयले चालुतर्फ ५५.८९ प्रतिशत र पुँजीगततर्फ २२.५२ प्रतिशत गरी कुल ३९.५५ प्रतिशत खर्च गरेको छ ।
यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ ५२.५५ प्रतिशत र पुँजीगत ४४.२२ प्रतिशत गरी कुल ४४. ५८ प्रतिशत खर्च गरेको छ ।
यस्तै खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको भने चालुतर्फ ४९.२२ प्रतिशत र पुँजीगततर्फ ४६.५८ गरी ४६.७१ प्रतिशत खर्च भएको प्रदेश कोलेनिकाले जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले भने ४९.५९ प्रतिशत चालुतर्फ र पुँजीगततर्फ ३४.७१ गरी कुल ४३. ५७ प्रतिशत पुर्याएको छ ।
स्वास्थ्य मन्त्रालयले चालुतर्फ ५८.२७ प्रतिशत खर्च गर्दा पुँजीगततर्फ ८०.७४ प्रतिशत गरेको छ । यो पुँजीगततर्फ सबैभन्दा धेरै प्रतिशत हो । मन्त्रालयको कुल बजेटको ६८.३२ प्रतिशत खर्च भएको जनाइएको छ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषि मन्त्री दिनेश पन्थीले अब बाकी समयमा पनि धमाधम काम गरी कुल बजेटको ७० प्रतिशतभन्दा धेरै खर्च पुर्याउने बताए ।
उनले ठुला परियोजनामा काम चरिरहेकाले त्यो भुक्तानी गर्ने क्रम पनि जारी रहेको बताए । साथै जेठ पनि खर्चको हिसाबले माथि आउने उनको भनाइ थियो ।
यता अर्थशास्त्री मनिकर कार्की भने अन्तिम समयमा बजेट खर्चलाई मात्रै आधार मानेर विकास गर्नेभन्दा पनि सुरुदेखि योजनाबद्ध रूपमा विकास खर्च गर्नुपर्ने सुझाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट
-
विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि सरकारले केही गर्न सकेन भनिरहेका छन् : प्रमुख सचेतक बर्तौला
-
जनमत पार्टीमा विदेशबाट आउने रकममा अनियमितता भएपछि....
-
यूएईलाई हराउँदै विश्वस्तरीय छनोटमा पुग्यो नेपाल
-
‘माओवादीले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान दिँदैन’
-
सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सभापतिको आलोचना