प्रधानमन्त्री पत्नीले भनिन्– मेरी बहिनीलाई ट्याक्सी ड्राइभरले ओलीबारे यस्तो–उस्तो भनेछ
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पदको दुरुपयोग गरेर आफन्तलाई अवसर नदिएको दाबी गरिन्।
- शाक्यले आफ्नो पुस्तक 'करुणा' बारेको कार्यक्रममा प्रधानमन्त्री हुँदा कसैलाई पनि पदको दुरुपयोग नगरेको बताइन्।
- उनले बहिनीलाई एक ट्याक्सी चालकले ओलीले आफन्तलाई सुविधा दिएको आरोप लगाएको र बहिनीले त्यसको प्रतिवाद गरेको घटना सुनाइन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पदको दुरुपयोग गरेर आफन्तलाई कहीँ–कतै अवसर नदिइएको दाबी गरेकी छन् ।
शाक्यले आफ्नो पुस्तक ‘करुणा’ बारे सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा केपी शर्मा ओली राज्यको विभिन्न पदमा हुँदा कोही पनि नातागोता, आफन्तलाई पदको दुरुपयोग गरी भर्ना नगरिएको र अनुचित सुविधा नदिइएको दाबी गरेकी हुन् ।
उनले आफू कडा स्वभावको भएकै कारण कोही पनि आफूसँग कुनै प्रकारको माग र आकाङ्क्षा लिएर नआउने पनि प्रस्ट पारिन् ।
‘मसँग त त्यस्तो माग लिएर आउँदैनन् । मैले केही गर्दिनँ भन्ने पनि थाहा छ, म कडा छु भन्ने पनि थाहा छ सबैलाई,’ शाक्यले भनिन्, ‘हामीतिर आउनका लागि मान्छे खोज्दै हिँड्दा रहेछन् । कसलाई भन्दा त्यहाँभित्र जान सकिन्छ भनेर खोज्ने रहेछन् ।’
उनले घरतिरका भन्दा पनि आफ्ना माइती पक्षका मानिसलाई विभिन्न स्वार्थ बोकेका मानिसले त्यसरी दुःख दिन आउने गरेको पनि बताइन् । मानिसहरूले पहुँच बनाइदिनका लागि आफ्नो बहिनी–ज्वाइँलाई दुःख दिएकै कारण उनीहरू आफ्नो गाउँ छाडेर अर्को गाउँमा गएर बस्नु परेको पनि उनले सुनाइन् ।
‘हाम्रो नातागोतालाई कहीँ–कतै सानो ठुलो पावरमा भएको हैसियतले राखिदिएको, केही गरिदिएको भेट्न सक्नुहुन्छ भने खोज्न अनुरोध गर्छु,’ शाक्यले भनिन्, ‘एक जना कोही मान्छेलाई पनि एउटा सानो पदमा भर्ना गरेको छैन ।’
शाक्यले आफ्नी कान्छी बहिनीको एउटा प्रसङ्ग पनि सुनाइन् । उनले भनिन्, ‘मेरो कान्छी बहिनी प्रसूति अस्पतालको स्टाफ नर्स, साँझ क्लिनिकमा काम गर्ने । क्लिनिकमा जान हतार भएर एक दिन ट्याक्सी चढेर गइछ ।’
ट्याक्सी चालकले बाटोमा राजनीतिक विषयबारे चर्चा गर्दै केपी ओली यस्तो–उस्तो भनेर भनेको शाक्यको भनाइ थियो । ‘ओलीले नाता–गोतामात्र हेर्छ, आफन्तलाई गाडी लगायत विभिन्न सुविधा दिन्छ भनेर ट्याक्सी चालकले भनेछ,’ शाक्यले भनिन्, ‘त्यो सुनेर बहिनीलाई रिस उठेछ ।’
उसैले चलाएको गाडीमा चढेको छ तर ओलीले आफन्तलाई गाडी–सुविधा दिएको छ भनेर त्यो चालकले भनेको कुरा सुन्दा बहिनीलाई रिस उठेको शाक्यको भनाइ थियो ।
‘ट्याक्सीबाट झर्ने बेलामा चालकलाई उसले गाली गरिछ । म ओलीको साली हो, हामीले कहाँबाट सुविधा पाएको छ ? सुविधा पाएको भए तिम्रो ट्याक्सीमा चढ्नु पर्थ्यो र भनेर उसले भनिछ,’ शाक्यले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण