लुम्बिनीको नीति तथा कार्यक्रम : कृषि उत्पादनलाई उच्च प्राथमिकता (पूर्णपाठ)
सारांश
- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ।
- प्रदेशलाई १० वर्षभित्र पूर्ण अर्गानिक बनाउने र अर्गानिक कृषि हबको रूपमा विकास गर्ने लक्ष्य छ।
- सुशासन, पारदर्शिता र समन्वयलाई जोड दिँदै, प्रविधिको प्रयोग र सञ्चारमाध्यमसँगको सहकार्य गरिनेछ।
बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। सोमबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले कृषिलाई समृद्धिको मेरुदण्डका रूपमा विकास गर्ने रणनीति रहेको जानकारी दिए ।
जसअनुसार कृषकका खेतबारी सधैं हराभरा राख्ने, उत्पादकत्व वृद्धि गर्ने तथा घरदैलोमै कृषि सेवा पुर्याउने कार्यक्रम अगाडि सारिनेछ। साथै, प्रदेशलाई आगामी १० वर्षभित्र पूर्ण प्राङ्गारिक (अर्गानिक) बनाउने लक्ष्य लिइएको छ। अर्गानिक खेतीलाई प्रवर्द्धन गर्दै लुम्बिनीलाई अर्गानिक कृषि हबका रूपमा विकास गरिने उल्लेख छ।
प्रदेश सरकारले विकासका प्राथमिकता प्राप्त क्षेत्रमा स्रोत केन्द्रित गर्ने, समावेशी र सन्तुलित योजना कार्यान्वयन गर्ने, र संविधान प्रदत्त अधिकारको पूर्ण उपयोग गर्दै नागरिकको जीवनस्तर उकास्ने नीति अवलम्बन गर्ने बताइएको छ।
सुशासन, पारदर्शिता र समन्वय
सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे कार्ययोजना लागू गरिनेछ। सबै मन्त्रालय तथा निकायहरूको समन्वयात्मक परिचालनलाई बल दिइँदै, सेवा प्रवाहमा सुधार र नागरिकमैत्री प्रशासन विकास गर्ने लक्ष्य राखिएको छ।
‘मोबाइल हातमा–प्रदेश सरकारका सेवा साथमा’ अभियानमार्फत प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ। साथै, सञ्चारमाध्यमसँग सहकार्य गरेर सरकारको नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्याइनेछ।
राजधानी विकास र गौरवका आयोजना
देउखुरी उपत्यकालाई नमुना राजधानीको रूपमा विकास गर्न ‘गौरवको आयोजना’ को पहिलो सूचिमा राखिएको छ। नदी सभ्यता र भर्जिन ल्यान्डसँग जोडिएको आधुनिक राजधानी निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिनेछ।
राजधानी क्षेत्रको गुरुयोजना कार्यान्वयन र सरकारी भवन निर्माणमा स्वदेशी काठको प्रयोग अनिवार्य गरिने नीति समावेश गरिएको छ। ‘एक जिल्ला, एक नमूना बस्ती’ तथा रामपुर–चापाकोट शहर विकासजस्ता योजनाहरू पनि अघि सारिएका छन्।
अन्य मुख्य कार्यक्रमहरू
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण