सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु, ८ जना घाइते
सर्लाही । सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका १७ रानिगञ्जकी २२ वर्षीया सोना पन्त रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको उपचारका क्रममा मोडेल अस्पताल लालबन्दीमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य आठ जनालाई सोही अस्पतालमा उपचार गराइएको छ ।
सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दीको रानीगञ्जमा लालबन्दीतर्फ आउँदै गरेको ना६ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ना१ज २६४५ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेका दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा लिएको छ । बस चालक भने फरार भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी सरोज राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण