सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु, ८ जना घाइते

सोमबार, ०५ जेठ २०८२, १७ : ५८
सोमबार, ०५ जेठ २०८२

सर्लाही । सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका १७ रानिगञ्जकी २२ वर्षीया सोना पन्त रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको उपचारका क्रममा मोडेल अस्पताल लालबन्दीमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य आठ जनालाई सोही अस्पतालमा उपचार गराइएको छ । 

सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दीको रानीगञ्जमा लालबन्दीतर्फ आउँदै गरेको ना६ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ना१ज २६४५ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा परेका दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा लिएको छ । बस चालक भने फरार भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी सरोज राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप