लोकसेवा आयोग असन्तुष्ट
बुधबार, १४ कात्तिक २०७५, १७ : ५९

काठमाडौं– लोक सेवा आयोगले प्रदेश लोकसेवा आयोग गठन गर्न ढिलाई गरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक कानुन समेत निर्माण नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश लोकसेवा आयोगको गठनमा ढिलाई हुँदा प्रदेशमा कर्मचारी नियुक्ति प्रक्रिया अवरुद्ध हुन पुगेको पनि स्पष्ट पारे । अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगलाई व्यवस्थित बनाउन आवश्यक आधार र मापदण्ड तय गरिएको पनि जानकारी दिए ।
आयोगका अध्यक्ष मैनालीले योग्यतम कर्मचारी छनौट गर्ने आफ्नो दायित्वलाई आयोगले सफलतापूर्वक पूरा गरिरहेको दावी पनि गरे ।