लोकसेवा आयोग असन्तुष्ट
बुधबार, १४ कात्तिक २०७५, १७ : ५९
काठमाडौं– लोक सेवा आयोगले प्रदेश लोकसेवा आयोग गठन गर्न ढिलाई गरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक कानुन समेत निर्माण नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश लोकसेवा आयोगको गठनमा ढिलाई हुँदा प्रदेशमा कर्मचारी नियुक्ति प्रक्रिया अवरुद्ध हुन पुगेको पनि स्पष्ट पारे । अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगलाई व्यवस्थित बनाउन आवश्यक आधार र मापदण्ड तय गरिएको पनि जानकारी दिए ।
आयोगका अध्यक्ष मैनालीले योग्यतम कर्मचारी छनौट गर्ने आफ्नो दायित्वलाई आयोगले सफलतापूर्वक पूरा गरिरहेको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण