प्रबल गुरुङले पाटन दरबार स्क्वायरमा भने, ‘म एक समलिङ्गी हुँ र यसमा मलाई गर्व छ’
विश्वचर्चित अमेरिकी नेपाली फेसन डिजाइनर प्रबल गुरुङले आफ्नो लैंगिक अभिविन्यासबारे घोषणा गरेका छन् ।
पाटन दरबार स्क्वायरमा फोटो काठमाडौंले आयोजना गरेको एक कार्यक्रममा प्रबलले आफू समलिङ्गी भएको घोषणा गरेका हुन् ।
उनले यस्तो घोषणा गर्नेबित्तिकै त्यहाँ उपस्थित दर्शकले ताली बजाएर उनको समर्थन गरेका थिए ।
आफ्नो पहिचानबारे कहिले पनि लज्जित हुन नपरेको र यसबारे कहिले पनि नलुकाएको उनले बताए । यसमा उनको आमा र दिदी बहिनीको पनि समर्थन रहेको उनले बताए ।
‘जब मैले ज्वाईंलाई आफ्नो पहिचानबारे बताएँ तब उनले ‘यो के ठूलो कुरा भयो र ?भन्ने जवाफ दिए ।’
उनका एक प्रशंसकले उनको प्रेम जीवनबारे प्रश्न गर्दा उनले भने, ‘म सम्बन्धमा छु जसमा म निकै खुसी छु ।’
यद्यपी, उनले आफ्नो पार्टनरको नाम भने सार्वजनिक गरेनन् । उनले भने, ‘मेरा केही नीजि कुरा गोप्य राख्न चाहन्छु ।’
प्रबल गुरुङले अमेरिकी पूर्व प्रथम महिला मिशेल ओबामा, डचेज अफ क्याम्ब्रिज केट मिडल्टन, चर्चित टिभी व्यक्तित्व ओप्रा विन्फ्री र बलिउडका प्रियंका चोपडा, दिपिका पादुकोणलगागत विभिन्न सेलिब्रिटीका लागि ड्रेस डिजाइन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण