ओपो ए७ को प्रि–अर्डर खुल्ला, स्वस्तिमा खड्कासंग भेट गर्ने अवसर
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो नयाँ उत्पादन ए ७ सार्वजनिक गर्दै गर्दा प्रि–अर्डर खुल्ला गरेको छ । कम्पनीका अनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो ए७ विशेष मितब्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो ।
ईच्छुक उपभोक्ताका लागि कम्पनीले नयाँ फोनको प्रि–अर्डर खुल्ला गरिएको घोषणा गरेको छ । प्रि–अर्डरको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जानकारी दिएको छ । फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५का दिन कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट हुनेछ ।
प्रि–अर्डर अवधिभर ईच्छुक उपभोक्ताले कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुममा गई २००० अग्रिम भुक्तानी गरी फोन बुक गर्न सक्नेछन् । यसरी प्रि–बुकिङ गर्ने उपभोक्ताले फास्ट सेल्स ईभेन्टका दौरान नायिक स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेट्ने तथा उनीद्वारा अटोग्राफ्ट गरिएको फोन प्राप्त गर्ने अवसर पाउने छन् ।
नायिक खड्का भरखरै आधिकारिक रुपमा नेपालका लागि ओपो फ्रेण्डका रुपमा अनुबन्धित भएकी छिन् । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘ लाखौ नेपाली यूवाका ढुकढुकीका रुपमा रहन सफल नेपाली चलचित्र उद्योगकी सुपर स्टार नायिक स्वस्तिमा खड्कासंग सहकार्य गर्न पाउँदा हामी निकै प्रफुल्लित छौँ ।
स्थानिय लोकप्रिय कलाकारहरुसंगको यस्ता सहकार्यले हाम्रा यूवा फ्यान्स माझ आफ्ना सन्देश पु¥याउन थप सहयोग मिल्नेमा हामी विश्वस्त छाँै ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गन्तव्य म्याड्रिड कि लण्डन?
-
इरान युद्धमा अमेरिकी जनसमर्थन घट्यो, अधिकांश भन्छन् ट्रम्पको उद्देश्य अस्पष्ट
-
लघुवित्त पीडितले थाले माइतीघरमा आमरण अनसन, तस्बिरमा हेर्नुहोस्
-
मोबाइल र सामाजिक सञ्जालले मानव तस्करलाई सहज बनायो : हरिवंश आचार्य
-
रवि लामिछानेको नयाँ राजनीतिक दर्शन : के हो 'सालो पथ' ?
-
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन वाग्लेले प्रस्तुत गरे ५ ‘भोटिङ मोडेल’ (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण