‘अब कैदीबन्दीहरुका लागि खुल्ला कारागार’
गुल्मी– नायव महान्याधीवक्ता वद्रीप्रसाद गौतमले कैदी बन्दीहरुका लागि अब खुल्ला कारागार बनाइने बताएका छन् । जिल्ला कारागार गुल्मीको निरीक्षण गर्न तम्घास आइपुगेका गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र त्यसको नीति निर्माण भएपछि भोलिका दिनमा बन्दीहरु कारागारभित्र नभएर बाहिर खुल्ला काममा लगाउन सकिने बताए ।
‘चीनमा कैदीहरुलाई कारागारमा होइन, विभिन्न सरकारी कार्यालय निर्माण र राज्यले गर्ने अन्य निर्माणस्थलमा श्रम गर्न लगाइन्छ’, गौतमले भने, ‘नेपालमा पनि अहिलेको संविधानले त्यही परिकल्पना गरेकोले दलहरुले नीति निर्माणमा ऐक्यबद्धता जनाएमा नेपालमा पनि कैदीबन्दीहरुलाइृ कारागार भित्र नभई वाहिर काममा लगाउन सकिन्छ ।’
गौतमले गुल्मीको जिल्ला कारागार असुक्षित र कम क्षमताको भएको पनि स्पष्ट गरे । यो कारागार धेरै पुरानो र साँघुरो रहेको उल्लेख गर्दै गौतमले खेल मैदानसहित फराकिलो र सुरक्षित स्थानमा कारागार बनाउनु पर्ने बताए । गुल्मीका कैदीलागयतका सामग्री बनाउने लगायतको काममा प्रोत्साहित गर्दै कारागारलाई सुधार गृहका रुपमा विकास गरेको भन्दै गौतमले प्रशंशा गरेका छन् ।
कारागारभित्र वसेर आफुहरुलाई सुधार गर्दै यहाँका बन्दीहरुले घर खर्चसमेत जुटाउन सकेको प्रगतिलाई अन्य जिल्लाका वन्दीहरुले पनि अनुशरण गर्नुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण