जातीय कुरा बोक्ने हो भने देश रुवाण्डा हुन्छ : माधव नेपाल
भक्तपुर –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा सरकारका तर्फबाट पर्याप्त अनुगमन नभएको बताएका छन् । सूर्यविनायक नगरपालिका वडा नं. ५ को सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दिपावली, छठ, नेपाल संम्वत् ११३९ तथा ल्होछार पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता नेपालले भने ‘विकासका लागि सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्दछ ।’
नेपालका सडकमा सानो खाल्डो हुँदा कसैको ध्यान नजाने र मानिसको मृत्यु भएपछि मात्रै ध्यान जानु दुःखद पक्ष भएको उनले बताए । काठमाडौं जोरपाटीबाट साँखु सडक खण्डमा गाडीभित्र बसेर जाँदासमेत ढाड भाच्चिने अवस्था आएपछि आफुले ठेकेदारलाई फोन गरेर ‘तपाईलाई पनि मेरो गाडीमा राखेर ढाड भाच्ने गरि हिडाउँ ?’ भनेको स्मरण गरे ।
एउटा सानो ट्रकको रोडाले खाल्डा पुरिने भएपनि निर्माण व्यवसायीले ध्यान नदिँदा दैनिक लाखौैै यात्रु र हजारौं सवारीसाधन जोखिममा पर्ने गरेको नेता नेपालको भनाई छ । फरक प्रसंगमा नेता नेपालले जातीयताको कुराले देश रुवाण्डा बन्ने बताए भने– ‘सबैभन्दा पहिले हामीले जातभन्दा पनि म नेपाली हुँ भन्ने भावना लिनुपर्दछ, जातीय कुरा बोक्ने हो भने देश रुवाण्डा हुन्छ’ नेपालले भने । दुई तिहाई सरकारले देशमा विकास निर्माण र अन्य काम गर्दै गइरहेकोले आगामी केही वर्षमा सम्बृद्ध हुने उनको भनाई छ ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले आगामी पाँच वर्ष भित्रमा भक्तपुरलाई विकसित तथा समृद्ध बनाउने उद्घोष गरे । उनले विकासका नाममा राजनीतिकरण गर्नु नुहुने भन्दै भक्तपुरलाई विभाजित नभई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण