अमेरिकाका भाग्यमानीः एकै दिन तीनवटा चिट्ठा पर्यो, घर लगे ५८ करोड
अमेरिकाको न्यू जर्सीका एक युवक एकै दिनमा एकपटक होइन, दुई पटक पनि होइन, तीन पटक भाग्यमानी साबित भएका छन् । एजवाटरका रोबर्ट स्टेवार्टले लगातार तीनवटा चिट्ठा आफ्नो नाममा पारेका छन् । पहिलो चिट्ठाबाट उनले पाँच मिलियन डलर (५८ करोड रुपैयाँ) हात पारेका छन् ।
स्टेवार्ट अवकाश प्राप्त ड्राइभर हुन् । उनले गत अगस्टमा न्यूजर्सी लट्री स्क्र्याच कार्ड किनेका थिए । नोभेम्बरमा जब उनले पाँच मिलियन डलरको ज्याकपट जितेको खबर पाए तब उनी तत्काल स्थानीय टिकट स्टोरमा गएर थप दुईवटा स्क्र्याच कार्ड किने । अचम्म के भयो भने उनले क्रमशः पाँच सय डलर र सय डलर जिते ।
चिट्ठा जितेलगत्तै उनले सबैभन्दा पहिले आफ्नी आमालाई फोन गरे । न्यूजर्सी लट्रीले जारी गरेको प्रेस विज्ञप्तिमा बताइए अनुसार उनकी आमाले छोराले पैसा जितेकोमा विश्वास नै गर्न सकिनन् ।
यद्यपी, स्टेवार्टले चिट्ठामा पैसा जितेको यो पहिलो घटना भने होइन । यसअघि उनले स्क्र्याच कार्डमा दुई हजार पाँच सय डलर लगभग तीन लाख रुपैयाँ जितेका थिए । अहिले जितेको रकम भने उनले जोगाएर राख्न चाहेको बताए । उक्त रकमले साथीभाइ र आफन्तलाई परेको बेलामा सहयोग गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झलनाथलाई प्रश्न : नयाँ पार्टी खोल्न लाग्नुभएको हो ?
-
‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट विनियाेजन
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण