मंसिरमा नयाँ विज्ञापन खोल्ने लोकसेवा आयोगको तयारी
बुधबार, २८ कात्तिक २०७५, १३ : १४

काठमाडौं– लोकसेवा आयोगले आगामी मंसिर तेस्रो साता नयाँ पदमा विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगले अधिकृतदेखि सहसचिवसम्मका पदका लागि विज्ञापन खोल्ने तयारी गरेको हो ।
नियमित कार्यतालिकाअनुसार असोजमा खोल्नुपर्ने विज्ञापन सरकारको आग्रहमा आयोगले दुई महिना परपछि खोल्न लागेको हो ।
आयोगका प्रवक्ता सहसचिव किरणराज शर्माले मन्त्रालय र निकायहरूमा आवश्यक पर्ने कर्मचारी संख्याको विवरण मागिएको जानकारी दिँदै विवरण प्राप्त हुनेवित्तिकै कुन तहका कर्मचारीका कति संख्यामा विज्ञापन गर्ने भन्नेमा निक्र्यौल गरिने बताए ।