गजल
शनिबार, ०१ मङ्सिर २०७५, ११ : २२
लोकेन्द्र भण्डारी
मेरो सिङ्गो देश रोयो तेरो कारणले गर्दा
मात्र बाँकी छ खोयो तेरो कारणले गर्दा
जिन्दगीभर भैँसी पाल्यो बिचरो गोठालोले
दूध भने अर्कैले दोयो तेरो कारणले गर्दा
अरूकै घर बनाइस अरूकै सजाइस बरु
यता आफ्नो घर चोयो तेरो कारणले गर्दा
जसले शिर उठाएर हेर्न पनि सक्दैनथ्यो
आमाको अस्मिता छोयो तेरो कारणले गर्दा
लुटिस देशका सबै सुन्दर अस्थिपन्जरहरू
देश भएन कङ्काल भो यो तेरो कारणले गर्दा ।
चौरजहरी नपा–४,
पश्चिम रुकुम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण