युगको सपना
नारायण सापकोटा
सुनौलो बिहानीको प्रतीक्षामा
नवयुगको सपना
फुल्छ हरेक बिहान
फक्रन्छ हरेक दिउँसो
झर्छ हरेक समसाँझमा
देशभित्रै हराएको देशमा
टोलाएर हेर्छिन् आमा क्षितिजमा
ढुब्न लागेको सूर्यको धमिलो आकृती
भाग्य लुटिएका सन्ततिहरूको उजाड अनुहार
शून्यतासँगै आँखामा
छचल्किन्छन् मोतीहरू
बस्ती बस्तीमा
घातप्रतिघातको अग्निज्वाला
सल्काएर समयले बाटो बिराउँदा
मझेरीमा घामको किरण नपोखिई
मानव हृदय खरानी बनिरहेको बेला
अविजित इतिहासको
समीक्षालयमा उभिएर
समीक्षा गर्नै पर्छ
इतिहासमा हामी कहाँ कहाँ चुक्यौँ ?
फेरि पनि
बुद्धको जन्मभूमिबाटै
बालेर अनन्त शान्तिको दीपशिखा
फैलाउनुछ विश्वभरि
प्रेम र सद्भावको मालामा
उन्नु छ
हिमाल, पहाड, तराई
मेचीदेखि महाकाली
सजाउँनुछ
देशको माटो मुटुभित्र
सुन फलाउनुछ
तराईको फाँटभरि
स्वाभिमानको शिर
हिमालझैँ उच्च राखेर
मुस्कुराउँछ लालीगुराँस
पहाडको छातीमाथि
सभ्यताको फूलबारीमा
नवयुगको सपना रोपेर
चिरविर चिरविर चराहरूको
सङ्गीतसँगै
आइपुग्छ सुनौलो बिहानी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण