अनमोललाई बल्ल खुल्यो अमेरिकाको बाटो
काठमाडौं –अमेरिकाले भिषा दिन नपत्यका थुप्रै अभिनेता छन् चलचित्र क्षेत्रमा । ति मध्य एक युवा स्टार अभिनेता अनमोल केसी पनि हुन् । उनलाई अमेरिकाले गतबर्ष भिषाको लागि पत्याएको थिएन । जसको कारणले उनी आफ्नो चलचित्र ‘ड्रिम’ प्रदर्शनका लागि अमेरिका जान पाएका थिइनन् ।
सो समय उनले चलचित्र ‘कृ’को तयारीका लागि अमेरिका नगएको बताउँदै आएका थिए । अहिले भने उनलाई अमेरिकाले पत्याएको छ । अमेरिकामा आयोजना हुने ग्लोवल फिल्म फेष्टिवलका लागि जाने भनेपछि अमेरिकाले उनलाई पत्याएको हो । सो फेष्टिवलमा अनमोल अमेरिका जाने बुझिएको छ ।
हुन त केही भारतीय मिडियाले समेत अनमोललाई नेपालका सुपरस्टार भनेर समेत समाचार बनाएका छन् । यी समाचारले पनि उनको अमेरिका बाटोलाई केही सहज गरेको चर्चा चलचित्र क्षेत्रमा छ ।
बुझिए अनुसार यो फेष्टिवलका लागि अहिले धेरै कलाकार अमेरिका जाने कसरतमा छन् । अभिनय हाइट भएका र नभएका थुप्रै कलाकारको भिषाका लागि आयोजकले प्रयास गरिरहेको छ । कतिपय कलाकार कार्यक्रममा जान मोटो रकम तिर्न समेत अगाडि सरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण