१४ वर्षे विवाहको धमाकेदार अन्त्यः वेडिङ ड्रेसमा विस्फोटक भरिन्, राइफलले गोली हानेर उडाइदिइन्
अमेरिकाको टेक्सासकी एक महिलाले आफ्नो १४ वर्ष पुरानो विवाहलाई निकै अचम्म तरिकाले समाप्त भएको घोषणा गरेकी छिन् । महिलाले वेडिङ ड्रेसमा विस्फोटक भरेर त्यसमा आगो लगाइदिएकी छिन् । उक्त बिस्फोटको आवाज २५ किलोमिटर परसम्म सुनिएको बताइन्छ ।
४३ वर्षकी किम्बर्ली सेन्टलेबेनले १४ वर्षपछि आफ्नो विवाहलाई अन्त्य गरेकी छिन् । यो मौकामा गत शनिबार उनले एक डिभोर्स पार्टी आयोजना गरेकी थिइन् ।
डिभोर्स पार्टीमा केक र अन्य चीजबाहेक वेडिङ ड्रेसमा आगो लगाउने कार्यक्रम पनि थियो । महिलाले राइफलमार्फत आफ्नो वेडिङ ड्रेसमा गोली हानिन् त्यसपछि ठूलो बिस्फोटको आवाज सुनियो ।
किम्बर्लीकी बहिनी कार्लाका अनुसार नोभेम्बर ९ तारिखमा सम्बन्धविच्छेदको प्रक्रिया पूरा भएको थियो । किम्बर्लीले विवाहको पहिरन जलाउनुका कारणमा यस्तो भनिन्, ‘जब मैले साथीलाई आफू वेडिङ ड्रेसबाट छुटकारा पाउन चाहन्छु भन्ने जानकारी दिएँ तब धेरैले मलाई त्यो दान दिन आग्रह गरे तर म यसको सांकेतिक अर्थ चाहन्थें ।’
‘मेरो लागि वेडिङ ड्रेस एउटा झुट थियो त्यसकारण यसलाई जलाउन मैले डिभोर्स पार्टीको आयोजना गर्ने निर्णय गरें,’ उनले भने ।
‘विवाहलाई दर्साउने सबै कुरा म घरबाट निकाल्न चाहन्थे । एटिकमा भएका फोटो, सेफमा राखिएको औंठी (सायद त्यसलाई म बेच्छु होला) र वेडिङ ड्रेस जलाउन चाहन्थें ।’
वेडिङ ड्रेसमा बिस्फोटक पदार्थ हालेर उडाइदिने सल्लाह उनका बुवा र दाइको हो ।
‘एकातर्फ मलाई उक्त दृश्य एक्सन फिल्मको सेट जस्तो लागिरहेको थियो । बिस्फोट निकै भयानक थियो ।’ किम्बर्लीले भनिन् । ‘ट्रिगर दबाउँदा म मुक्त भएको भान भएको थियो । हाम्रो लागि त्यो एक समाप्ति थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झलनाथलाई प्रश्न : नयाँ पार्टी खोल्न लाग्नुभएको हो ?
-
‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट विनियाेजन
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण