लोकसेवा नतिजा : एउटै संस्थाबाट ७५ प्रतिशत बढी उत्तीर्ण (फोटोफिचर)
काठमाडौं– लोक सेवा आयोगले हालै प्रकाशित गरेको राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत पदको परीक्षामा एउटै संस्थाबाट ७५ प्रतिशत बढी नतिजा आएको छ । सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोगले लिने विभिन्न सेवा/समूहको तयारी कक्षा सञ्चालन गरिरहेको पुतलीसडकस्थित सेडेप नेपाल(नेम) बाट मात्रै ७५ प्रतिशत बढी नतिजा आएको हो ।
आयोगले शाखा अधिकृतमा सिफारिस गरेका ३६५ जनामध्ये २७५ को हाराहारीमा यस संस्थामा पढेका विद्यार्थी उत्तीर्ण भएका छन् । आयोगले लिने विभिन्न सेवा÷समूहको परीक्षामा यस नीजि संस्थाबाट हरेक बर्ष उत्कृष्ट नतिजा आउने गरेको छ ।
दक्ष स्रोत व्यक्तिद्वारा प्रभावकारी पढाई, नियमित नमूना अभ्यास परीक्षा, पृष्ठपोषण कक्षा, विद्यार्थीमैत्री वातावरण, स्रोतव्यक्ति–विद्यार्थी र व्यवस्थापकबीचको त्रिपक्षीय समन्वयको कारणनै हरेक बर्ष हरेक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त हुने गरेको सेडेप नेपालका कार्यक्रम संयोजक माधवप्रसाद पाण्डेले बताए ।
यसैबीच शाखा अधिकृतमा सिफारिस भएका विद्यार्थीहरुलाई सेडेप नेपाल (नेम)ले एक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
सम्मान कार्यक्रमा प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका सचिव वासुदेव शर्मा, सह–सचिव प्रकाश दाहाल, उपसचिव दिनेश घिमिरे, हेमराज तामाङ, पूर्वसचिव धरणीधर खतिवडा, पूर्व सहसचिव प्रतिक ढकाल, न्यायाधीश रामप्रसाद बस्याल लगायतको उपस्थिति रहेको थियो ।
उनीहरुले नयाँ सिफारिस भएका शाखा अधिकृतलाई चुस्त दुरुस्त सार्वजनिक सेवा प्रवाहमा जिम्मेवारीका साथ लाग्न मार्गनिर्देश गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण