कविता : जीवन र प्रेम
–लक्ष्मण सिटौला
जिन्दगीसँगै बिताउनु प्रेम होइन
एउटै बिछ्याउनामा सुत्नु प्रेम होइन
सगै हिँड्नु र कार्य गर्नु प्रेम होइन
सँगै मन्दिर जानु, प्रार्थना गर्नु प्रेम होइन
अँध्यारोमा हात समातेर बाटो देखाउनु प्रेम होइन
प्रेम हुनलाई मनसँग मन मिसिनुपर्छ
प्रेम हुनलाई दुई आँखा तर दृष्टि एक हुनुपर्छ
प्रेम हुनलाई मनको ऋदम मिल्नुपर्छ
प्रेमको पुलकिता अर्कै चीज हो
प्रेमको सुगन्ध अर्कै चीज हो
प्रेमको सङ्गीत अर्कै चीज हो
पुरुष मालिक हुँ भन्छ
स्त्री आफूलाइ दासी हुँ भन्छे
दासी र स्वामीबीच प्रेम हुन्छ र ?
प्रेम त नदी छेउमा निरन्तर उभिएर
प्रार्थना गरिरहेको शान्त किनारा हो
नदी सागर पुगिसकेको हुन्छ
बिचरो किनार त्यही हुन्छ चुपचाप !!
नदीलाई सुरक्षा दिइरहेको हुन्छ
स्त्री नदी हुन्, किनारा पुरुष हुन्
तर पनि प्रेमको धारा बगिरहेकै छ
निरन्तर ! निरन्तर ! ! निरन्तर ! ! !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण