सलोन र नरेनसँग कश्मिराको प्रेम
काठमाडौं – अभिनेत्री कश्मिरा लामाको दुई अभिनेता अर्थात सलोन बस्नेत र नरेन खड्कासँग प्रेम देखिएको छ । कश्मिराको रियलमा भन्दा पनि रिल लाइफमा दुई अभिनेतासँग प्रेम देखिएको हो ।
यी तीनै कलाकारको अभिनय रहेको चण्लचित्र ‘घनचक्कर’को दोस्रो गीत ‘दाईको सालो...’ सार्वजनिक भएको छ । गीतमा सलोन र नरेनसँग कश्मिराको प्रेम देखाइएको छ ।
विपिन आचार्यको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीले स्वर दिएका छन् ।
अभिनेता सौगात मल्लको समेत मुख्य भूमिका रहेको चलचित्र जितेन्द्र राजोपाध्याय निर्देशन गरेका हुन् ।
सरोज खनाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगर लगायतका कलाकारहरुको समेत अभिनय रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको छ ।
चलचित्रले राजधानीमा संघर्षरत एक युवाको कथा बिषयको रुपमा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण