७ एल्बम र एक उपन्यास एकसाथ बिमोचन
काठमाडौं – राष्ट्रकवि माधव प्रसाद घिमिरे ५१ हजार नगद सहित सम्मानित भएका छन् । राजधानीको राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा उनलाई गीतकार डी.आर. उपाध्यायले सम्मान पत्र, दोसल्ला सहित उक्त रकम द्धारा सम्मान गरेका हुन् ।
मञ्चमा राष्ट्रकवि घिमिरेले गीतकार डी.आर. उपाध्यायका ७ एल्बम र एक उपन्यास एकसाथ बिमोचन गरेका थिए ।
राष्टकवि घिमिरेका गीत, कविता तथा सम्पूर्ण सिर्जनाबाट प्रेरित गीतकार उपाध्यायले घिमिरेकै प्रेरणाबाट एकसाथ ७ एल्बम ल्याउन सफल भएका हुन् ।
एकै पटक ७ एल्वम सार्वजनिक गर्ने सम्भवत नेपालकै पहिलो व्यक्ति गीतकार उपाध्यायनै हुन् । यो कामको विश्व रेकर्डका लागि पनि पहल थालिने भएको छ ।
उक्त समारोहमा जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद र सहेली एल्वम तथा दगाबाज उपन्यास सार्वजनिक गरिएको हो । सार्वजनिक एल्वममा बुलु मुकारुंग, सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत गरेका छन् । एल्वममा एक दर्जन बढी गायक गायिकाहरुले स्वर भरेका छन् ।
‘प्रतिनाद सांगीतिक साँझ’ नाम दिईएको विमोचन कार्यक्रममा संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत लाईभ प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको कार्यक्रममा राष्ट्रकविले गीतकार उपध्यायलाई बहुआयमिक ब्यक्तिको रुपमा समेत चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण