कपालमा आउने हरेक समस्याको समाधानः घ्यू
एजेन्सी – जाडोयाममा कपालमा आउने चायाँको समस्याबाट जो कोहि पनि अछुतो रहन सक्दैनन् । चायाँ सँग–सँगै कपाल झर्ने समस्याले त झन् धेरै सताइरहेको हुन्छ । त्यसैगरी गर्मीमा कपाल सुख्खा हुने, फुङ्ग उड्ने, नबढ्ने जस्ता समस्या पनि उत्तिकै भइरहेको हुन्छ ।
त्यस्ता समस्याका लागि मानिसहरु विभिन्न प्रकारका औषधिको प्रयोग गर्छन् । स्याम्फू परिवर्तन गर्छन् । तर पनि समस्याबाट मुक्ति भने पाएका हुँदैनन् । त्यसका लागि घरेलु उपायमा घ्यूको प्रयोग निकै उपयोगी मानिन्छ ।
घ्यू खाना, दाल र तरकारीको स्वाद बढाउने मात्र होइन यसले सौन्दर्य बढाउन पनि मद्दत गर्छ । अझ यसको प्रयोगले कपालमा हुने हरेक समस्याको समाधानका लागि लाभदायी भूमिका निर्वाह गर्छ ।
१. यदि तपाई कपालमा आएको चायाँबाट पीडित हुनुहुन्छ भने घ्यूमा बदामको तेल मिसाएर मसाज गर्नुपर्छ । जसले टाउकोमा हुने सुख्खापनबाट छुटकारा मिल्छ ।
२. कपालमा पोषणको कमीले कपालमा हाँगा फाट्ने समस्या भइरहेको छ भने घ्यूले मसाज गर्नुस् केहि समयमा हाँगा हराउँदै जान्छ ।
३. कपाल लामो बनाउन चाहानुहुन्छ भने अमला र प्याँजको रस मिसाएर १५ दिनमा १ एक पटक मसाज गर्नुस् कपाल लामो र चम्किलो हुँदै जान्छ ।
४. कपाललाई मुलायम बनाउनको लागि जैतूनको तेलमा घ्यू मिसाएर मसाज गर्नुपर्छ ।
५. कपालमा प्राकृतिक चमकको लागि घ्यूलाई हल्का तताएर १० मिनेट मसाज गर्नुस् र कागतीको रस लगाएर छाड्नुस् र १० मिनेटपछि धुनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण