पर्याप्त केचअप नपाएको भन्दै युवतीले म्याकडोनल्डका प्रबन्धकको गरिन् यो हाल
क्यालिफोर्नियाकी एक युवतीलाई म्याकडोनल्डका प्रबन्धकलाई कुटेको र उनको घाँटी थिचेको आरोपमा गत बुधबार (मंसिर १२) पक्राउ गरिएको छ । ती युवतीले म्याकडोनल्डबाट खानेकुरा अर्डर गरेकी थिइन् जसमा पर्याप्त मात्रामा केचअप नपाएपछि रिसको झोंकमा प्रबन्धकमाथि हमला गरेको बताइन्छ ।
२४ वर्षे मायरा बेरेनिस गालो नामकी यी युवतीले गत अक्टोबर २७ तारिखमा (कात्तिक १०) म्याकडोनल्डबाट ड्राइभ थ्रूमार्फत सान्ता एना शहरमा खानेकुरा अर्डर गरेकी थिइन् ।
सुरुमा कुटिन्, त्यसपछि घाँटी थिचिन्ः
पुलिसका एक प्रवक्ता एन्थनी बर्टागनाले रिसाएकी गालोले रेष्टुरेन्टको पछाडि पट्टी रहेको ढोकाबाट छिरेर म्यानेजरलाई सुरुमा कुटेको र घाँटी थिचेको एएफपीलाई बताए । बर्टागनाले भने, ‘उनी निकै रिसाएकी थिइन् किनभने उनले केचअप पाएकी थिइनन् ।’
उनका अनुसार महिलासँगै आएका एक पुरुषले उनलाई त्यहाँबाट जबर्जस्ती निकालेका हुन् । उक्त घटना क्यामरामा पनि कैद भएको छ । महिला त्यहाँबाट गएपछि केही मानिसहरुले पुलिसमा यसबारे उजुरी दर्ता गराए । पुलिसले क्यामराको फुटेजको आधारमा कारवाही सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झलनाथलाई प्रश्न : नयाँ पार्टी खोल्न लाग्नुभएको हो ?
-
‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट विनियाेजन
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण