दर्पणले ल्याए 'तिम्ले बाटो फेर्यौ अरे - २' (भिडियो)
काठमाडौं – गायिका मेलिना राईको आवाजमा रहेको ‘तिम्ले बाटो फेर्यौ अरे’को चर्चापछि यसैको अर्काे भर्सनका रुपमा ‘तिम्ले बाटो फेर्यौ अरे — २’ सार्वजनिक भएको छ ।
गीतकार तथा मोडल दर्पण राईको शब्द रहेको ‘तिम्ले बाटो फेर्यौ अरे’को सिक्वेल —२ ‘तिमीले खाएको कसम साँचो भएको भए’ बोलको गीतमा विक्रम राईको संगीत छ ।
‘तिम्ले बाटो फेर्यौ अरे’को दोस्रो गीतलाई लिएर मेलिना निकै उत्साहित छिन् । ‘मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्यौ अरे’ले निकै सहयोग पुर्याएको छ’ मेलिनाले भनिन् ‘दोस्रो भागले मेरो करिअरमा थप उचाही दिनेछ ।’
गीतको आकर्षक भिडियो समेत बनेको छ । शान थापाको निर्देशन रहेको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् भने भिडियोमा राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । ‘तिम्ले बाटो फेर्यौ अरे’ गीतले विभिन्न रेकर्डहरु राख्न सफल भईसकेको छ । ‘तिम्ले बाटो फेर्यौ अरे’ वास्तविक प्रेम–वियोगमा आधारित गीत रहेको दर्पणको भनाई छ ।
भिडियो...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण