अन्योलका बीच लोकसेवा आयोगले खुलायो विज्ञापन (सूचनासहित)
बुधबार, २६ मङ्सिर २०७५, ०८ : ३६

काठमाडौँ – अब दुई वर्षसम्म विज्ञापन खोल्ने कि नखोल्ने भन्ने अन्योलमा रहेको लोकसेवा आयोगले विज्ञापन गरेको छ ।
आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ ।
आयोगका अध्यक्ष उमेश मैनालीले संसद सेवा, न्यायसेवा र महालेखा परीक्षकको कार्यालय गरी तीनवटा सेवाबाट मात्रै माग आएकाले त्यसका लागि मात्रै विज्ञापन गर्ने निर्णय भएको बताए ।