देवले ल्याए सरोजको सान्नानी (भिडियोसहित)
काठमाडौं–सरोज कोइरालाको स्वरमा रहेको “सान्नानी” बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।
विन्ध्यबासिनी म्युजिकले २०७० सालमा नै बजारमा ल्याएको उनको एकल गितीएल्बम “सगुन” मा रहेको यो गीतको भिडियो चलचित्र निर्देशक देव नेपालले बनाएका हुन् ।
नेपाल डोल्पामा खिचिएको प्रदर्शोन्मुख चलचित्र “म्हेन्दु” का निदेशक हुन् । भिडियोमा उनको निर्देशनमा रमेश सोडारी र सिमन दाहालको अभिनय हेर्न पाइन्छ । सोडारी पनि “म्हेन्दु” का नायक हुन् ।
झापाकी स्थानीय सिमनले यसअघि पनि त्यहाँ बनेका केहि भिडियोमा काम गरिसकेकी छिन् ।
भिडियोमा इलामस्थित चिया प्mयाक्ट्रि, कन्याम र श्रीअन्तुका साथै झापाका केहि स्थानका दृष्य हेर्न पाइन्छ ।
गीतमा लोकप्रिय संगीतकार सुरेश अधिकारीको शब्द÷संगीत छ । फणिन्द्र राईले यसमा संगीत संयोजन गरेका छन् ।
टेलिभिजनकर्मीका रुपमा परिचित सरोज कोइराला पछिल्लो समय गीत÷संगीतमा पनि सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण