डिभिजन सहकारीका कर्मचारी घुससहित रंगेहात पक्राउ
सिरहा–अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सहकारी डिभिजन कार्यालय लहानका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । सहकारी संस्था दर्ता गराउन आएका सेवाग्राही सप्तरीको राजविराज नपा ११ का प्रतिमा यादवसँग नगद १५ हजार लिइरहेको अवस्थामा अख्तियारले सहायक सहकारी निरिक्षक सुवास गड्तौलाई नियन्त्रण लिएको हो ।
अख्तियार टोलीले गड्तौलालाई सेवाग्राहीसँग लिएको रकम सहित नियन्त्रणमा लिएको जनाएको छ । टोलीमै रहेका अख्तियारका प्रबक्ता रमेश वस्नेतले विशेष सुचनाको आधारमा सहकारी डिभिजन कायालयका गडतौलालाई नगद सहित नियन्त्रमा लिएको जनाएको छ ।
आवश्यक प्रकृया पुरा गरी थप अनुसन्धानको लागि गड्तौलाई इटहरी लागने तयारी भईरेको जनाएको छ । सहकारी दर्ता गराउन एकमहिना भन्दा बढी समयदेखि धाएपनि योग्य महिला कृषि सहकारी संस्थाका प्रतिमा यादवले आफ्नो संस्था दर्ता हुन नसेकेको बताईन् ।
उनले एक महिनाभन्दा बढी समय धाउँदा पनि कहिले यो मिलेन, कहिले त्यो मिलेन भन्दै कार्यलयले फर्काउँदै आएको जनाइन । पछिमात्र १५ हजार लाग्ने भनेपछि आफूले आज सुवेदीको हातमा रकम दिएको यादवले बताइन् । १५ हजार भन्दा एक रुपैयाँ पनि कम रकम ल्याय संस्था दर्ता नहुने भन्दै १५ हजार नै ल्याउन दवाव दिएको यादवले बताईन् ।
आफ्नो संस्था दर्ता गर्न किन ढिलाई भएको भनी कार्यालय प्रमुख रामप्रसाद सुवेदीसँग गुनासो गर्दा उनले पनि तल गडतौलाजीसँग कुरा गर्नुस् त्यही बाट सवैथाक हुने भन्दै फर्काएको बताइन् । यता कार्यालय प्रमुखले भने आफूसंग लेनदेनको विषयमा कुनै कुराकानी नभएको बताए । उनले केही कागजातहरु न्मिलेकाले मिलाएर ल्याउनु भनेको हो, त्यसरी रकम नै ल्याउन भनेर बनेको थिइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण