यी १७ तस्बिर जसले ढुङ्गाका मुटु भएकाहरुलाई पनि पगाल्छ
भनिन्छ, मानिसको मन कस्तो छ त्यो हेर्न सकिँदैन । तर सहयोगी मन भने पक्कै देख्न सकिन्छ । मानिसहरुले एक अर्काप्रति देखाएको माया, सद्भावका तस्बिरहरु विभिन्न सोसल मिडियामा हामीले हेर्ने मौका पाइरहेका हुन्छौं । इनामको आशा नगरी सहयोग गरिएका विभिन्न तस्बिर ब्राइट साइडले संकलन गरेको छ ।
१. अर्जेन्टिनाकी पुलिस, केलेस्ते अयालाले आमाबाट खोसिएको रोइरहेको बच्चालाई दुध चुसाइरहेको तस्बिरले कसको मन नपग्लेला ।
२. समुन्द्रको किनाराबाट डल्फिनको बच्चालाई बचाएर समुन्द्रमा राखिदिने व्यक्ति
३. अपाङ्गता भएकी महिला र उनका पुरुष साथीले सँगै खाना खान पाउन् भनेर रेष्टुरेन्टका वेटरले अपाङ्ग महिलालाई खुवाउँदै
४. २२ वर्ष पुगेको दिनमा सुरक्षाकर्मीलाई चिसो मौसममा तातो महसुस होस् भनेर हट चकलेट दिँदै
५. फायर डिपार्टमेन्टका कर्मचारीलाई धन्यवाद दिन कफीको बक्स र डुनोटको उपहार
६. सबैको दिन राम्रो होस् भन्नका लागि मैले यो ब्यानर बनाएकी हुँ
७. हाम्रा फायरफाइटरले हिजो घाइते उल्लु भेटे । आज हाम्रा फायर क्याप्टेन आयर्सले उल्लुको रेखदेखका लागि नायगरा पुर्याउँदैछन् ।’
८. मैले मेरो फोन कारको हुडमा बिर्सिएछु । एक व्यक्तिले प्यास्टिकमा पोको पारेर मेरो विन्ससिलमा राखिदिएछन् ।
९. म स्ट्रेसमा भएको देखेर अफिसमा काम गर्ने महिलाले मेरा लागि खाजा छोडिदिइन् ।
१०. वालमार्टका सहयोगीले रिंगटा लागेर एम्बुलेन्स कुरिरहेकी महिलालाई अडेस लाग्न सहयोग गर्दै
११. मेरो कारको विन्डसिल्डमा एउटा कार्ड भेटें । सुरुमा मैले त्यो टिकट होला भन्ने सोचें । भित्र खोलेर हेर्दा त्यसमा २० डलर राखिएको थियो र लेखिएको थियो, ‘जीवन संघर्षशील छ । यसमा २० डलर राखिएको छ सायद यसले तपाईंको जीवनलाई थोरै भए पनि कम संघर्षशील बनाउला ।’
१२. एक कर्मचारीले दृष्टिविहिनीको सामान घर पुर्याउन सहयोग गर्दै
१३. सेमेस्टरको अन्तिम हप्तामा विद्यार्थीका लागि क्यान्डी र प्रोत्साहनका शब्दहरु
१४. यी व्यक्तिले आफ्नो नाम गोप्य राख्न चाहन्छन् र इन्स्टाग्राम प्रयोगकर्तामाझ उनी ‘आर.ए.के. राइडर’ को रुपमा परिचित छन् । उनले निलो बाइक चलाउँछन् र भेटेजतिलाई फूल, खेलौना र अन्य राम्रा कुराहरु दिने गर्छन् ।
१५. वेस्लियान युनिभर्सिटीका विद्यार्थीले बत्तीको पोलमा आवश्यक पर्ने व्यक्तिका लागि दर्जनौं स्कार्फ बाँधेका छन् ।
१६. झ्यालबाट बाहिर हेर्दा दुई दयालु मानिसहरु देख्न पाइयो जसले घरबारबिहिन मानिस र उनका दुई कुकुरका लागि कुकुरको खाना, पानी अन्य खाद्य सामग्री उपलब्ध गराए ।
१७. दयालु बन्न त्यति खर्च लाग्दैन । हामीले एक अर्कालाई आफूले जसरी सकिन्छ त्यसरी नै ख्याल राख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झलनाथलाई प्रश्न : नयाँ पार्टी खोल्न लाग्नुभएको हो ?
-
‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट विनियाेजन
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण