फोेर्ड वाइल्र्डनेस गेट अ वे हात्तीवनमा, ‘दि अल न्यू रेन्जर र्याप्टर’ पनि लन्च
काठमाडौं–ग्राहकहरुलाई ब्राण्ड र स्वामित्व अनुभव बढाउनका लागि आफ्नो प्रतिवद्धता अघि बढाउँदै जि.ओ अटोमोवाइल्सले हात्तीवन रिसोर्ट फर्पिङमा फोर्ड वाइल्र्डनेस गेट अ वे सम्पन्न गरेको छ । फोर्ड गाडीहरुको क्षमता र शक्तिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको थियो ।
टेष्ट ड्राइभका लागि फोर्डका विभिन्न गाडीहरु फोर्ड र्याप्टर, रेन्जर, फ्रिस्टाइल, इकोस्पोट्स् र एन्डएभर प्रयोगमा ल्याइएको थियो । ग्राहकहरुका लागि एउटा विशेष अफ रोड ट्रयाक बनाइएको थियो जहाँ विभिन्न्न थरीका ट्रयाकहरुको व्यवस्था थियो ।

अप हिल, पीच र रक्की रोड जस्ता बाटोमा ग्राहकहरुले फोर्डको गाडीहरु ड्राइभ गर्ने मौका पाएका थिए । पाँच सय भन्दा बढी सहभागी भएको यो कार्यक्रममा सम्पूर्ण परिवारको मनोरञ्जनका लागि निशुल्क खेलहरु र खाजाका साथ माउन्टेन बाइक कन्टेष्ट, ट्री क्लाइम्बिङ र जीप लाइनपनि उपलब्ध गराइएको थियो ।

रेन्जर र्याप्टर लन्च
सोही कार्यक्रममा फोर्डले नयाँ गाडी ‘दि अल न्यू रेन्जर र्याप्टर’ पनि लन्च गरेको थियो । बजारमा यो गाडीको मूल्य १ करोड २३ लाख रहेको छ । जि.ओ अटोमोवाइल्सले सम्भावित ग्राहकहरुलाई फोर्ड गाडीहरुको अनुभव गराउन यस अघि पनि यस्तै धेरै कार्यक्रमहरु सञ्चालन गरेको थियो् ।
जि.ओ अटोमोवाइल्सको वाइल्र्डनेस गेट अ वे कार्यक्रम ग्राहकहरुलाई फोर्डको कार्यक्षमता र जस्तो पनि बाटोमा चल्न सक्ने क्षमता देखाउने प्रयास भएको कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले जेनजीलाई सम्बोधन गरेको भिडियो फेसबुकले ब्लक परेपछि...
-
पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी र व्यवसायीबिच छलफल
-
चर्चित अमेरिकी गायक डि४भिडमाथि १४ वर्षीया किशोरीको हत्या आरोप
-
ट्रम्पकी पत्नी र छोराबारे इरानी सञ्चारमाध्यमद्वारा विवादास्पद भिडियो सार्वजनिक
-
सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध
-
एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद छैन : प्रवक्ता ज्वाला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण