अम्बानीको ड्राइभरको तलब २ लाख, ड्राइभर बन्न पास गर्नुपर्छ यस्तो परीक्षा
एजेन्सी । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । उनी धनि भएकै कारण धेरैको चासोको विषयमा पर्छन् ।
उनको जीवनशैली, आलिसान घर र परिवारका बारेमा जान्न धेरै उत्सुक हुन्छन् ।
उनको घरको बारेमा पनि निकै चर्चा गरिन्छ । घरमै हेलीप्याड भएको, प्राकृतिक तापक्रमको व्यवस्था भएको, ५ सय भन्दा बढी गाडी भएको, र घरमा उपलब्ध सुख र सुविधाको कारण उनको घरलाई स्वर्ग भन्ने गरिन्छ ।
अम्बानीको पारिवारिक मामिलासँगसँगै उनको घरमा काम गर्ने कर्मचारीको जीवन पनि उत्तिकै चर्चामा आइरहन्छ । सामाजिक सञ्जालमा भेटिएको एउटा भिडियोमा उनका ड्राइभरको बारेमा बताइएको छ । जसमा कसरी मुकेश अम्बानी आफ्नो ड्राइभर कसरी चुन्छन त ? भन्ने कुरा पनि उल्लेख गरिएको छ ।
भिडियोमा भनिएको छ कि मुकेश अम्बानीको घरमा नोकर बन्नको लागि मात्र होइन ड्राइभर बन्नको लागि पनि कडा मेहनत गर्नुपर्ने हुन्छ । जसको लागि विभिन्न परिक्षण गरिने र उनको ड्राइभर बन्नको लागि नीजि कम्पनीलाई ठेक्का दिने गरिन्छ ।
उक्त कम्पनीले ड्राइभरको पूर्ण प्रशिक्षण गर्ने र उनीहरुलाई पूर्ण सुसुचित पनि गरिन्छ । त्यसैगरी कुनै समस्या आइपरेको खण्डमा त्यसको सामना कसरी गर्नेत ? भन्ने जस्ता परिक्षण दिइन्छ । ड्राइभरले कसरी समस्या हल गर्ने ? जस्ता विभिन्न प्रकारका परिक्षण दिइन्छ । भने उनीहरुलाई २ लाभ भारतीय रुपैँया तलब दिने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण