गन्हाएको मोजा सुँघ्न यति मन पर्दथ्यो कि फोक्सोको संक्रमण नै भयो
चीनका एक व्यक्तिलाई फोक्सोमा गम्भीर संक्रमणका कारण अस्पताल भर्ना गरिएको छ । उनलाई यो रोग गन्हाएको मोजा सुँघेका कारण लागेको हो ।
पेङ्ग थर भएका ३७ वर्षे एक व्यक्ति बारम्बार खोकी लागेपछि र छाती दुखेपछि चीनको फुजियान प्रान्तस्थित ९०९ अस्पताल पुगे । एक्स रे गरेपछि थाहा भयो कि उनलाई फोक्सोमा गम्भीर संक्रमण भएको छ । मोजा र जुत्तामा पाइने ब्याक्टेरियाका कारण उनलाई यस्तो संक्रमण भएको परीक्षणपश्चात् पत्ता लाग्यो । डाक्टरहरुले प्रश्न सोधेपछि उनले अफिसबाट फर्किएपछि दिनदिनै गन्हाउने मोजा सुँघ्ने गरेको स्विकारे ।
आफूले लगाएको गन्हाउने मोजा मज्जाले सुँघ्ने भएकाले उनको मोजाको फङ्गस फोक्सोसम्म पुगेको डाक्टरले जानकारी दिएका छन् । यद्यपी, यस्तो संक्रमण निकै दुर्लभ भएको डाक्टरले बताए । ती व्यक्तिको रोग प्रतिरोधी क्षमता निकै कमजोर भएकाले पनि उनलाई यस्तो भएको हुनसक्ने डाक्टरले आशंका गरे । काममा जानुपर्ने, बच्चाको हेरबिचारका लागि राती पटकपटक उठ्नुपर्ने बाध्यताले पेङ्ग पछिल्लो समय अत्यधिक तनावमा हुने गरेको अडिटी सेन्ट्रलले बताएको छ ।
‘बिरामीले घरमा आराम गर्ने समय नपाएका कारण उनको रोग प्रतिरोधी क्षमता कमजोर भएकाले पनि उनलाई यस्तो रोग लागेको हुनसक्छ,’ डा. माई झुयानयिङले बताए ।
संक्रमणको पहिलो चरणमा नै अस्पताल गएकाले डाक्टरले उनको सही उपचार गर्न सकिने बताएका छन् । ‘उनी पूर्ण रुपमा ठिक हुनसक्छन्,’ डाक्टरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण