मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

श्रृङ्खला खतिवडाले लेखिन्ः ‘रातो गुलाफका लागि १२ वर्षमा चुम्बन बेचें’

आइतबार, ०८ पुस २०७५, १२ : २५
आइतबार, ०८ पुस २०७५

मिस नेपाल श्रृङ्खला खतिवडाले एक व्यक्तिले संसार परिवर्तन गर्न सक्छ भनेर बारम्बार दोहोराउने गर्छिन् । नेल्सन मण्डेलाको उक्त भनाईलाई आफूले हृदयदेखि नै विश्वास गर्ने र सार्वजनिक व्यक्ति भएपछि आवाज बलियो हुने लालचले आफूलाई मिस नेपालमा धकेलेको उनले बताउने गरेकी छिन् ।

सायद आफ्नो यही भनाईलाई चरितार्थ गर्दै उनले महिलामाथि हुने हिंसाबारे इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन्  ।

उनले लेखेकी छिन्, ‘रातो.... म १२ वर्षको हुँदा एउटा रातो गुलाफका लागि आफूभन्दा पाँच वर्ष जेठोलाई चुम्बन बेचेँ । उनले आफ्नो रातो बाइकमा मलाई सधैं घुमाउने गर्थे र म उनलाई बस स्ट्यान्डमा कुरेर बसिरहेको हुन्थें । एक दिन उनी रोकिए, हेलमेट खोले, कर्ली कपाल मिलाए । रातो बाइकमा सवार उनी मतिर हेरेर मुस्कुराए । भ्यालेन्टाइन्स डेको दिनमा उनले मलाई रातो गुलाफ दिए, मलाई बाइक पछाडि हालेर एउटा अँध्यारो कोठामा लगे । जब हामी हिँडिरहेका थियौं उनले टेबलमा बसिरहेका केटाहरुसँग नजर साटे । उनले मलाई यसरी चुम्बन गरे कि त्यहाँ कोही पनि छैनन्, म एक वस्तु हुँ र उनलाई मेरो ओठसँग मात्र सरोकार छ । म त्यहाँ लाचार उभिरहेँ । उनले मेरो स्तन समाते । उनले मेरो ओठबाट जीवन नै तानिरहेका थिए । उनी दुष्ट मुस्कानसहित पछाडि हटे, उनको र्याल र मेरो रगत आफ्नो बाहुलाले पुछे, मलाई मातेको रातो आँखाले हेरे.... मेरो पहिलो चुम्बन !’

उनी थप्छिन्, ‘उनले मलाई अँगालो हाले । नजिकै भएका उनीहरुका साथीहरुले मेरो सुन्निएको ओठ हेर्दै आफ्नो साथीको पछिल्लो विजयलाई मुस्कानसहित तारिफ गरे ।’

‘तर उनले मलाई साँच्चै नै माया गर्छन् किनभने उनले मलाई भ्यालेन्टाइन्स डेमा रातो गुलाफ दिएका हुन् ।’

उनले यसको ह्यासट्याग प्रयोग गर्दै लेखेकी छिन् #wedeservebetter #sayyestosayno #rape #abuse #metoo

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Red ………………………………… I sold my kiss, when I was 12 years old, to a boy 5 years older, for a red rose. Every day, he drove by his red bike as I waited at the bus stand. One day he stopped, took his helmet off, swayed his curls and smiled at me. The boy in red bike smiled at me. On Valentine’s Day, he gave me a red rose; put me on his bike to a dark, shady room. As we walked in, he passed his glances at the men at the pool table. He kissed me like there was no one in the room, like I was just an object and my lips were the only thing that mattered. I stood there, helplessly, as he grabbed my breasts and sucked the life out of my lips. As he moved back with an evil smile, he wiped his saliva and my blood off his sleeves, watching me with his intoxicated red eyes… My first kiss! He took me by his arms as his friends judged my swollen lips as they smiled back at their friend for his latest conquest. But he must really like me cause he gave me red roses on Valentine’s Day. #wedeservebetter #sayyestosayno #rape #abuse #metoo Painting Robert Rauschenberg Foundation

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_) on

उनले यी कुरा बताउन रातो रङको प्रयोग गरेकी छिन् । यससँगै उनले निलो र पहेंलो रङलाई थिम बनाएर महिलामाथि हुने हिंसासम्बन्धि अन्य पोष्ट पनि लेखेकी छिन् ।

यो पोष्टपछि प्रशंसकले उनको निकै तारिफ गरेका छन् । कतिले ती कुरा उनको आफ्नै हो कि भनेर पनि सोधेका छन् ।

यसबारे रातोपाटीले जान्न खोज्दा उनको मोबाइल स्विच अफ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप