कविता : मौका
शनिबार, १४ पुस २०७५, ११ : ५३
चण्डिका भट्टराई
केही गर्ने हिम्मत छ मसँग पनि
जोस र जाँगर अझै छन् बाँकी
हरेस खाएको छैन मैले थकाइ लागे पनि
बस एक मौकाको खोजीमा छु
जिन्दगीमा अघि बढ्नको लागि ।
थाहा छ, यात्रा छ कठिन जीवनको
अनेक बाधा अड्चन पन्छाउनु छ बाटोको
काँडाहरूले घोच्छन् हरेक पाइलामा
बस एक मौका अनि पुग्नु छ सफलताको शिखरमा
सफल अवश्य हुनेछु विश्वास छ मनमा ।
सुनौलो बिहानीसँगै सुरु गर्नुछ पल्टाउन
जिन्दगीको पाना,
बस एक मौका अनि पूरा हुनेछन् सबै सपना
अनेक रङ्गहरूले सजाउनु छ जिन्दगीको आकाश
दुःखको कालो अन्धकार हटाउन ल्याउनु छ खुसीको प्रकाश
फूल्ने छ जिन्दगीमा आशाको फूल छर्दै मीठा मीठा सुवास
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण