यस्तो छ बिपिन अभिनित ‘गोपी’को ‘तेरो आफ्नो’ गीत
मङ्गलबार, १७ पुस २०७५, १३ : १६
काठमाडौं – १८ माघबाट प्रदर्शनमा आउने फिल्म ‘गोपी’ले दोश्रो गीत ‘तेरो आफ्नो’ सार्वजनिक गरेको छ ।
कल्याण सिंहको संगीत रहेको सार्वजनिक गीतमा शिव परियारको स्वर, विप्लव प्रतिकको शब्द छ । गीतमा फिल्ममा मुख्य कलाकार विपिन कार्कीलाई गाइ फार्ममा देखाइएको छ ।
दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँबाला गौतमलगायतका कलाकारको मुख्य भूमिकामा छन् ।
आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण गरेको फिल्मले स्वावलम्बनको विषय उठान गरेको निर्देशक लामाले बताए ।
सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मका श्रीधर पौडेल कार्यकारी निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण