जीवनसाथीसँग सधैँ खटपट भइरहन्छ ? यी ७ विधि अपनाउनुस्
एजेन्सी । जुनकुनै सम्बन्धमा पनि मधुरता भइराखोस् भन्ने मानिसको चाहाना हुन्छ । सुमधुर सम्बन्धले मानिसमा सकारात्मक उर्जा दिन्छ जसले जीवनमा केही गर्ने प्रेरणा समेत मिल्छ । त्यसैले जुनसुकै सम्बन्धमा पनि खुशी र साथीसँगको सम्बन्ध टिकाउने चाहाना राखिन्छ ।
तर कतिपय सम्बन्ध विशेषतः जीवनसाथीबीचको सम्बन्धमा खटपट भइरहने उदाहरणहरु समाजमा धेरै भेटिन्छन् । पछिल्ला वर्षहरुमा सम्बन्धमा आएको दरारका कारण धेरैको सम्बन्धविच्छेद समेत भएको छ ।
कहिलेकाहीँ सम्बन्धलाई राम्रो बनाउने प्रयास गर्दागर्दै पनि नमिलिरहेको हुन्छ । झगडा परिरहेको हुन्छ । त्यसको पछाडि वास्तु नमिलेको हुनसक्ने बताइन्छ । वास्तुशास्त्रको अनुसार के के गर्दा सम्बन्धमा न्यायोपन बढ्छ त ?
१. झ्यालको नजिकै बिस्तारा लगाउनु हुँदैन ।
२. कहिल्यै पनि झ्याल छोएर बिस्तारा राख्नुहुँदैन । यस्तो गर्दा सम्बन्धमा तनाव पैदा हुन्छ ।
३. यदि झ्यालको नजिक ओछ्यान राख्नै पर्ने भए सिरानी र झ्यालको बीचमा पर्दा हाल्न सकिन्छ जसले नकारात्मक उर्जा सम्बन्धमा हाबी हुन दिदैँन ।
४. घरमा दिनदिनै घ्यूको दिप बाल्नुपर्छ । जसले सम्बन्धमा सकारात्मक उर्जा दिन्छ ।
५. बलेको दियोलाई पूर्व वा दक्षिणतिर फर्काएर राख्नुपर्छ ।
६. यदि सही दिशामा दियो बाल्नुभयो भने तपाइको सम्बन्धमा मधुरता ल्याउन मद्दत मिल्छ ।
७. प्रत्येक शुक्रबार पञ्चमुखी दियो ‘बेड रुम’ मा बाल्ने गर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण