‘प्रेमनाथ’ को ट्रेलरमा प्रेम, एक्सन र रोमान्स
काठमाडौं – प्रेमकथामा बनेको फिल्म ‘प्रेमनाथ’को ट्रेलर तथा फस्टलुक सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर तथा फस्टलुक सार्वजनिक गरिएको हो ।
फस्टलुक पोस्टरमा फिल्मका पुरै कलाकारले स्थान पाएका छन्, भने ट्रेलर पनि अन्य फिल्मको भन्दा केही भिन्न छ । करिब तीन मिनेटको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सका दृश्यले प्राथमिकता पाएका छन् । ट्रेलर हेर्दा फिल्म साउथ शैलीमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।
२५ सय बर्ष अगाडिको प्रेमकथा दाबी गरिएको फिल्म कलाकार गणेश बेलवासेले निर्देशन गरेका हुन् ।
फिल्ममा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय रहेको छ ।
२२ चैत्रबाट प्रदर्शनमा आउने फिल्मबाट कृति गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन् । काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा छायाँकन भएको फिल्मका निर्माता गुहेश्वरी बेलबासे हुन् । कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेको फिल्ममा सह–निर्माताको रुपमा बसन्तराज भट्ट र मिलन राई समेत रहेका छन् ।
काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने फिल्म उपत्यकामा गोपाल कायस्थले वितरण गर्नेछन् । भारतमा वितरणको जिम्मा बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका छन् । ‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् । फिल्मको संगीतकारमा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण