रातीको उडानमा एक्ली यात्री थिइन् यी युवती, सात सदस्यसँग खिचिन् सेल्फी
चार्टर्ड प्लेनमा एक्लै यात्रा गर्ने सपना त धेरैको हुन्छ तर त्यो कमै पूरा हुन पाउँछ । यस्तै यदि तपाईं व्यवसायिक विमानमा यात्रा गर्नु हुन्छ भने यो सपना पूरा हुन लगभग असम्भव नै छ । तर लोएसा एरिस्पेकी एक महिलाको यो सपना पूरा भएको छ ।
लाइसा मनिला जानका लागि फिलिपिन्सको एयरपोर्टमा पुगिन् र पिआर२०२० फ्लाइटमा बसिन् पनि । लोइसालाई थाहा थिएन कि उक्त फ्लाइट उनको लागि निकै अविष्मरणीय हुनेछ । लोइसाको फ्लाइटमा उनीबाहेक अरु कुनै यात्री नै थिएनन् । उक्त फ्लाइट रातीको थियो र त्यसमा सात क्रु मेम्बर्स थिए ।
लोइसाले खाली विमानको तस्बिर खिचिन् । उनले विमानका सात क्रु मेम्बर्ससँग पनि सेल्फी खिचेकी छिन् । उक्त फोटोलाई लोइसाले फेसबुकमा सेयर गरिन् । जब उनी मनिलामा उत्रिइन् तब कनवेयर बेल्टमा पनि उनको मात्रै लगेज थियो ।
लोइसाको फेसबुकमा उनी पिटिभीकी समाचार रिपोर्टर भएको जानकारी उल्लेख छ ।
यसअघि पनि केरन ग्रीव नामकी एक महिलाले यस्तै एक्लै यात्रा गर्ने मौका पाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण