धादिङको गजुरीबाट चार केजी सुनसहित तीन जना पक्राउ
काठमाडौँ– रसुवाको केरुङबाट नेपाल छिराइएको अवैध चार केजी सुनसहित प्रहरीले जनालाई पक्राउ गरेको छ ।
प्रदेश ३ प्रहरी प्रमुख डीआईजी दीपक थापाका अनुसार गएराति पौने १० बजे धादिङको गजुरीबाट सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा रसुवा उत्तरगया गाउँपालिका वडानम्बर–३ बस्ने २७ वर्षका संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिका ५ का २२ वर्षका सुरेन्द्र तामाङ र तारकेश्वरकै २४ वर्षका विकास तामाङ रहेका छन् ।
उनीहरूले मोटरसाइकलमा सुन ल्याउँदै गरको अवस्थामा प्रहरीले बरामद गरेको हो । गल्छीबाट गजुरीतर्फ सुन लिएर आउँदै गरेको सूचनाको आधारमा उनीहरूलाई सुनसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले सुन चीनको केरुङ हुँदै रसुवागढीबाट धादिङ ल्याएको प्रारम्भिक बयान दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीआईजी थापाले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
फेरि किन पक्राउ परे कांग्रेस नेता अभिषेक गिरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण