घुस लिँदालिँदै निमित्त कार्यालय प्रमुख पक्राउ
सुर्खेत– जिल्ला मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशप्रसाद आचार्य सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ परेका छन् ।
रकम नदिएसम्म जग्गा रोक्का र जग्गा पास नगरिदिने भन्दै सेवाग्राहीवाट ३० हजार रुपैया घुस लिदै गर्दा उनी प्रक्राउ परेका हुन् । निमित्त कार्यालय प्रमुख समेत रहेका नायव सुव्वा आचार्य आफनै कार्यकक्षमा सेवाग्राहीसँग घुस लिदै गर्दा बिहीबार अख्तियारले रंगेहात पक्राउ गरेको हो ।
रकम नदिएसम्म जग्गा रोक्का र पास नहुँने भन्दै सेवाग्राहीलाई अल्झाएपछि अन्तत सेवाग्राहीले पनि आफनो काम गराउन रकम दिन मन्जुर गरेका थिए । रकम मागेर प्रमुख आचार्यले दुख दिएपछि सेवाग्राहीले अख्तियारलाई खवर गरेको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले सेवाग्राहीको सूचनाको आधारमा आचार्यलाई रंगेहात पक्राउ गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण