४ हजार वर्ष पुरानो प्रेम जोडीको कंकालले खोल्यो यस्तो राज
एजेन्सी – भारतको हरियाणास्थित राखीगढी गाउँमा हडप्पा कालीन सभ्यतासँग जोडिएको एक प्रेम जोडीको कंकाल भेटिएको छ ।
सन् २०१६ मा भारत तथा कोरियाका वैज्ञानिकहरुले गरेको एक अध्ययनले उक्त कंकाल ४५०० वर्ष पुरानो भएको देखाएको थियो । वैज्ञानिकहरुले उक्त जोडीको मृत्युको कारण पत्ता लगाउन कंकालको अध्ययन गरेका थिए । उक्त अध्ययनबाट पत्ता लगाइएका तथ्यहरु एक अन्तर्राष्ट्रिय पत्रिकामा छापिएका छन् ।
भारतीय पुरातत्वविद् बसन्त शिन्देले बीबीसीलाई भने, ‘एक महिला र एक पुरुष एक अर्कालाई हेरिरहेको यो कंकालमा देख्न सकिन्छ । कंकाल सँगै रहेकोले यी दुई प्रेमीप्रमिका हुनसक्छन । तर यी दुईको मृत्यु के कारण भएको त्यो चाहीँ अझै पत्ता लागेको छैन ।’
उक्त कंकाल जमिनको आधा मिटर तल पुरिएको थियो । वैज्ञानिकका अनुसार मृत्युको समय पुरुषको उमेर ३५ वर्ष र महिलाको उमेर लगभग २५ वर्षको रहेको थियो । दुवैको लम्बाई क्रमशः ५ फिट ८ इन्च र ५ फिट ६ इन्च रहेको थियो । हड्डी साधारण भेटिएकाले यी दुईलाई कुनै रोग नलागेको वैज्ञानिक बताउँछन् ।
पुरातत्वविद् भन्छन्, ‘यसरी दुई जनालाई एकै साथ पुर्ने परम्परा कुनै पनि समुदायमा नरहेको तर यो जोडीको मृत्यु एकसाथ भएकाले एउटै चिहानमा पुरिएको हुनसक्छ ।’
पुरातत्वविद्हरु राखीगढीमा भेटिएका सबै सामाग्रीहरु हडप्पाकालीन सभ्यतासँग मिल्ने बताउँछन् । यो कंकालसँगै उक्त ठाउँमा माटोका भाडा र केहि गहना पनि भेटिएका छन् । जुन कास्य युगको हो ।
भारतीय लेखक टोनी जोसन्फ भन्छन्, ‘हडप्पा युगको अन्तिम संस्कारलाई देख्दा त्यहाँका मानिसहरु साधारण परम्पराका पालना गर्ने गर्थे ।’
म्यासोपोटामिया सभ्यतामा राजा तथा अन्य मानिसहरुको मृत्युपछि शरीरसँगै आभूषण, कला र ठूलो फोटोसहित दाहसंस्कार गरिन्थ्यो । म्यासोपोटामिया सभ्यताका कंकालमा हडप्पा सभ्यताका आभूषण भेटिएको थियो ।
पुरातत्वविद्का अनुसार भेटिएको कंकालको जोडी १२ सय एकड जमिनमा रहेको बस्तीमा बस्थे जहाँ १० हजार मानिसहरु थिए । भारत र पाकिस्तानमा लगभग दुई हजार हडप्पा साइटको खोजी गरिएको छ । राखीगढीमा यस्ता ७० हजार चिहान भेटिएका थिए तर यो जोडीको कंकाल निकै रहस्यमही रहेको पुतातत्वविद् बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण