‘रणवीर’को ट्रेलरमा एक्सन धेरै
काठमाडौं – १८ माघबाट सार्वजनिक प्रदर्शनी तयारमिा रहेको फिल्म ‘रणवीर’ले ट्रेलर सार्वजनिक गरेको छ ।
राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको ट्रेलरमा भरपुर एक्सन देख्न सकिन्छ । एक्सनको अलवा ट्रेलरमा बेरोजगार युवाको संघर्ष, उसको प्रेममा आरोह, अवरोहस पनि प्रस्तुत गरिएको छ ।
करिब ३ मिनट १७ सेकेन्डको ट्रेलर हेर्ने दर्शकले हलिउड, बलिउड देखि दक्षिण भारतीय फिलमसँग तुलाना गरेका छन् ।
ट्रेलरमा शुशिल सिटौला र प्रशान्त ताम्राकारबीचको द्धन्द्ध समेत देखाइएको छ । यी दुबै फिल्मका मुख्य कलाकार हुन् ।
गोविन्द सिंह भण्डारीले निर्देशन गरेको फिल्म निर्माताद्धय गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले बनाएका हुन् । दुई करोड भन्दा माथिको बजेट लागत खर्च बताइएको फिल्मले दर्शकलाई नयाँ स्वाद पस्कने पनि निर्माता गोमाको भनाई रहेको छ ।
फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द निर्देशन, रामजी लामिछाने र सुरेन्द्र बसेलको नृत्य निर्देशन छ ।
– कार्यक्रममा चलचित्रको कथा अनुसार आफुलाई प्रस्तुत गर्न ६ महिनाको शारीरिक सुगठन अभ्यास पछि १५ केजी तौल बढाएको अभिनेता शुशिलले बताए ।
–अभिनेत्री सुभेच्छा खड्काले कथा देखि आफ्नो भूमिका प्रभावशाली भएकै कारण ‘रणवीर’बाट डेब्यु गर्न लागेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण