७३ वर्षे उप–मेयरले ४० वर्ष कान्छीसँग विवाह गरेपछि..
७३ वर्षे उप–मेयरले आफूभन्दा ४० वर्ष कान्छी प्रेमिकासँग विवाह गरेपछि स्थानीय चकित परेका छन् ।
क्याम्ब्रिजसायरको मार्चका उप–प्रमुख किट ओवेनले आफ्नी फिलिपिनो बेहुली आइजालाई अनलाइनमा भेटेको जानकारी दिएका छन् ।
यो जोडीले दुई वर्षको डेटिङपश्चात् गत शुक्रबार विवाह गरेका हुन् । ओवेनले श्रीमतीको उमेर ठ्याक्कै त बताएनन् तर उनी आफ्नो तीसौं वर्षमा भएको जानकारी भने दिएका छन् ।
उनले भने, ‘फेस टाइम र ह्वाट्सएपमा हामीबीच उत्कृष्ट सम्बन्ध रह्यो त्यसकारण मैले अब हामीले एक अर्कालाई भेट्नै पर्छ भन्ने सोच बनाएँ ।’
एक वर्षसम्म इन्टरनेटमा डेटिङपश्चात् किट आइजालाई भेट्न फिलिपिन्स गए जहाँ उनले उनका साथी र आफन्तसँग समय बिताए ।
आइजालाई कसरी प्रस्ताव राखेको ठ्याक्कै थाहा नभएपनि आफूहरु एक–अर्कासँग निकै खुसी भएको उनले बताए ।
यो जोडीको किटको गृह नगरमा विवाह भएको हो । किट क्याम्ब्रिजसायरको मार्चका पाँच पटकका मेयर हुन् ।
यी दुईको विवाहमा १० जनालाई मात्र निम्तो दिइएको डेली मेलले बताएको छ ।
उनले भने, ‘हामीले सँगै खाना खायौं । पेय पदार्थको व्यवस्था पनि थियो तर नाच्ने गाउनेलगायतका क्रियाकलाप भने भएनन् ।’
सन् २००८ मा उनकी श्रीमती बिभर्ली ओवनले मृत्यु भएको थियो । उनीबाट उनका दुई सन्तान लिजा र जोनथन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण