संसारको सबैभन्दा सुन्दर कुकुरको ‘मन दुखेका’ कारण मृत्यु
बीबीसी
सोसल मिडियाका स्टार १२ वर्षीय पमेरियन कुकुर बूको मृत्यु भएको छ ।
कुकुरका मालिकका अनुसार सन् २०१७ मा आफ्नो सबैभन्दा प्यारो साथी ‘बडी’ को मृत्युपछि उसलाई मुटुसम्बन्धि समस्या देखिन थालेको थियो ।
बूको आधिकारिक फेसबुक पेजमा उनले लेखे, ‘हामीलाई लाग्छ कि जब बडीले हामीलाई छोड्यो तब बूलको मन साँच्चै दुखेको थियो ।’
फेसबुकमा बूका डेढ करोड बढी फलोअर्स छन् । उसलाई धेरैपटक टिभीमा पनि देखियो र उसको नाममा एउटा किताब पनि लेखियो –बू – द लाइफ अफ वर्ल्र्डस् क्यूटेस्ट डग ।
बू र उसको सबैभन्दा प्रिय साथी बडी ११ वर्षसम्म सँगै रे । बडीको सेप्टेम्बर २०१७ मा १४ वर्षको उमेरमा मृत्यु भयो ।
बूका मालिकका अनुसार उनको मृत्यु शनिबार राती सुतिरहेका बेला भएको हो ।
बूको मृत्युले उनका मालिकलाई मात्रै नभई उनको प्रशंसकको पनि मन दुखेको छ ।
उनका प्रशंसकहरुले लेखेका छन्, ‘तर अब बूले पीडा वा समस्यामा बस्नु पर्नेछैन भन्ने कुरा थाहा पाउँदा हामीलाई आराम मिलेको छ ।’
‘हामीलाई थाहा छ सप्तरंगी पूल पारी उसले सबैभन्दा पहिले बडीलाई भेट्नेछन् र उनीहरु लामो समयपछि एक–अर्कालाई भेटेर निकै खुसी हुनेछन् ।’
उनले लेखे, ‘बू, हामी तिमीलाई मनदेखि नै प्रेम गर्छौं र जबसम्म हामी दोस्रोपटक भेट्दैनौं तबसम्म हामीलाई तिम्रो कमी महसुस हुनेछ । बडीसँग निकै मस्ती गर्नु र जहाँ पनि बस्छौ निकै रमाइलो गरेर बस ।’
आफ्नो बारे किताब सार्वजनिक गर्नुबाहेक बूले थुप्रै सेलिब्रिटीलाई भेट्यो, एक अमेरिकी एयरलाइनका एम्बेसेडर रहे र विभिन्न अमेरिकी टेलिभिजन शो पनि देखिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण