‘डान्स टिचर’ को जागिर छोडेर ट्रक चलाइन्, अहिले संसारकै सुन्दर ट्रक ड्राइभरको रुपमा चर्चित
जापानकी २१ वर्षे युवती संसारकै सबैभन्दा सुन्दर ट्रक ड्राइभरको रुपमा चर्चित भएकी छिन् ।
जापानको कोची प्रान्तमा हुर्किएकी राइनो सासाकीले कहिले पनि ट्रक ड्राइभर बन्ने सोच नभएको बताइन् । तर सात वर्षअघि आफ्ना ट्रक ड्राइभर बुवा एकाएक बिरामी भएपछि उनले बुवाकै पाइला पछ्याउने निर्णय गरिन् । बिरामी भएपनि कामलाई निरन्तरता दिइरहेका बुवालाई घरभन्दा हज्जारौं किलोमिटर टाढा, बाटोमा एक्लै र हेरबिचार गर्ने कोही नभएको देख्दा उनले सहन सकिनन् । त्यतिबेला स्कूलमा ‘डान्स टिचर’ को रुपमा काम गरिरहेकी उनले आफ्नो बुवालाई ट्रकको लामो यात्रामा साथ दिने निर्णय गरिन् । उनले ट्रकको लाइसेन्स पनि पाइन् । ट्रक चलाउन सुरु गरिसकेपछि पनि उनले आफ्नो नृत्य सिकाउने जागिरलाई निरन्तरता दिने प्रयास गरिन् । तर ट्रकमा लामो यात्रामा निस्किएपछि आफ्नो कामका लागि घर फर्कन कहिलेकाँही सम्भव नहुने पनि उनले अनुभव गरिन् । त्यसकारण उनी आफ्नो पुरानो व्यवसाय छोड्दै पूर्णकालीन ट्रक ड्राइभर बनिन् ।
आफ्नो करियर परिवर्तन गरेकोमा उनलाई कुनै पश्चाताप नभएको बताउँछिन् । उनी भन्छिन्, ‘म आफ्नो बुवासँग समय बिताउने मौका पाउँछु । उहाँ ठिक भए नभएको सुनिश्चित गर्न पाउँछु । उहाँले मलाई ट्रक ड्राइभिङबारे सधैं नयाँ कुरा सिकाउनु हुन्छ । ’
जापानमा निकै थोरै महिला ट्रक ड्राइभर छन् त्यसकारण उनीहरुमाथि धेरैको रुची हुन्छ । इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा राइनो सासाकीका हज्जारौं फलोअर्स भएकाले उनी एशियाली मुलुककी सबैभन्दा चर्चित महिला ट्रक ड्राइभर बनेकी छिन् । उनलाई संसारकै सबैभन्दा सुन्दर महिला ट्रक ड्राइभरको संज्ञा पनि दिइएको छ ।
आफ्नो चर्चाले जापानमा अन्य महिलालाई पनि यातायात क्षेत्रमा आफ्नो करियर स्थापित गर्नमा सहयोग गर्ने सासाकीले आशा गरेकी छिन् । आफ्ना अनुभव, फोटो र विभिन्न कथा सोसल नेटवर्कमा राख्दा अरु पनि प्रभावित होलान् कि भन्ने उनको भनाई छ ।
यो व्यवसायमा लागेको सात वर्ष भइसकेपछि उनको यो क्षेत्रप्रति एउटै मात्र गुनासो छ, त्यो पनि ड्राइभिङका लागि आफ्नो साइजको लुगा नपाउनु । पञ्जा, सेफ्टी सुजलगायतका सम्पूर्ण सामान महिलाका लागि निकै ठूला हुन्छन् त्यसकारण उनले यो क्षेत्रमा लाग्ने महिलाका लागि सही साइजको लुगा उपलब्ध गराउनु उनको उद्देश्य भएको बताउँछिन् ।
राइनोले वर्षमा दुई लाख किलोमिटरको यात्रा गर्छिन् । उनी जापानभरी ताजा तरकारी र फलफूल ओसारपसार गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिच शुक्रबार प्रारम्भिक वार्ता गर्ने तयारी
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण